सुन तस्करी प्रकरण : आयोग गठन गर्न नेताहरू सकारात्मक « Khabarhub

सुन तस्करी प्रकरण : आयोग गठन गर्न नेताहरू सकारात्मक


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन तस्करी प्रकरणमा छानबिन गर्न आजै उच्चस्तरीय छानबिन आयोग गठनलगायत विषयमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज सकारात्मक छलफल भएको छ । 

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिने क्रममा सिनामङ्गलमा करिब ६१ किलो सुन बरामद भएको थियो । आज हुने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र बैठक अगावै आयोगको घोषणा गर्ने सहमतिको तयारी भएको बताइएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकारात्मक भएको र आयोगको कार्यदेशमा आफूहरू सहमतिको नजिक पुगेको भेटमा सहभागी एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए।

सत्तापक्ष र प्रतिपक्षबीच आयोग गठन गर्ने सहमति भए पनि सोको कार्यादेश र कार्यक्षेत्रबाट सहमति जुट्न बाँकी थियो । आयोग गठन नभए एमालेले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने चेतावनी दिएपछि सरकारले छलफल तीव्र बनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ११ : ३० बजे

दक्षिणपूर्वी एसियामा चीनको सैन्य पहुँच विस्तार, लाओसमा नयाँ हवाई केन्द्र सञ्चालन

काठमाडौँ- चीनले दक्षिणपूर्वी एसियामा आफ्नो सैन्य पहुँच विस्तार गर्दै लाओसको

गाजामा हमासका तीन सदस्य मारिएको इजरायली सेनाको दाबी

जेरुसलेम- इजरायली रक्षा बल (आइडिएफ) ले गाजा पट्टीको खान युनुस

कांग्रेसको वित्तीय प्रणालीमा कडाइ : स्वार्थ समूहको प्रभाव रोक्न नयाँ प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्र आर्थिक पारदर्शिता र वित्तीय अनुशासन कायम

तीनतिर छरिएको कांग्रेस एक बनाउन मेरो निर्विकल्प उम्मेदवारी : नैनसिंह महर

काठमाडौँ – लामो समय पत्रकारिता पेसामा रहेका तथा नेपाली कांग्रेसको

दुर्घटनामा परेका चालकसँग प्रहरीले पेस्तोल भेटेपछि…

काठमाडौं– सर्लाहीको कबिलासी नगरपालिका –०३ मदनपुरमा मोटरसाइकल दुर्घटनामा परेका एक