क्रिकेटमा विश्व कीर्तिमान राखेका ऐरीलाई महानिरीक्षक कुँवरद्वारा बधाई ज्ञापन « Khabarhub

क्रिकेटमा विश्व कीर्तिमान राखेका ऐरीलाई महानिरीक्षक कुँवरद्वारा बधाई ज्ञापन


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहेका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन गरका छन् । ऐरीले चीनमा जारी १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्षक कुँवरले बधाई ज्ञापन गरेका हुन् ।

गत सेप्टेम्बर २७ मा मङ्गोलियाविरुद्धको खेलमा राष्ट्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय पुरूष क्रिकेट टिमको तर्फबाट आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी उनले कीर्तिमान कायम गरेका थिए ।

प्रहरी महानिरीक्षक कुँवरले आज नेपाल प्रहरीको तर्फबाट कप्तान ऐरीलाई हार्दिक बधाई दिनुको साथै नेपाली खेलाडीलाई सफलताको शुभकामना व्यक्त गरे ।

चीनमा भइरहेको १९औँ एशियन गेम्समा नेपाल प्रहरीको तर्फबाट पुरुष क्रिकेट, कराते, महिला फुटबल, टेबलटेनिस, तेक्वान्दो, उसु, जुडो, बक्सिङ, ब्याडमिण्टन, कबड्डी, आर्चरी, महिला भलिबल, पुरुष भलिबल, एथ्लेटिक्स तथा भारोत्तोलनलगायत खेलमा ४७ खेलाडी सहभागी छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : १३ बजे

आर्कटिकमा अमेरिकी चासो बढाउँदै रुबियो

रेक्जाभि– आर्कटिक क्षेत्रमा अमेरिकी सुरक्षा तथा आर्थिक चासो बढिरहेका बेला

खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई ‘तुच्छ’ भन्न मिल्दैन : प्रवक्ता पोखरेल

काठमाडौं- खुलामञ्चबारे प्रधानमन्त्रीको टिप्पणीलाई लिएर सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेट–रिपब्लिकनबीच कडा प्रतिस्पर्धा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक

जेन-जीका फौजदारी मुद्दा फिर्ता लिँदै सरकार, प्रतिवेदन गृह मन्त्रालय पठाइयो

काठमाडौं– सरकारले जेन-जी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण