अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा चन्द्रागिरि प्रथम | Khabarhub Khabarhub

अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगितामा चन्द्रागिरि प्रथम


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चन्द्रागिरि नगरपालिकाले ‘अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्री दौड प्रतियोगिता’ अन्तर्गत पाँच किमी जुनियर पुरुष टिममा पहिलो स्थान प्राप्त गर्न सफल भएको छ ।

सोही प्रतियोगिताको १० किमी सिनियर महिला टिमतर्फ चन्द्रागिरिले दोस्रो स्थान हासिल गरेको छ । शनिबार एथलेटिक्स परिवार नेपालको आयोजना तथा चन्द्रागिरि नगरपालिकाको सहआयोजनामा पहिलो पटक यहाँ सञ्चालित प्रतियोगितामा विभिन्न ४० नगरपालिकाको सहभागिता रहेको थियो ।

जुनियर टिममा एक सय ५० जना तथा सिनियर टिममा ९८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ तारकेश्वर नगरपालिकाकी अस्मिता भुजेल प्रथम र पाँच किमी महिला जुनियर व्यक्तिगततर्फ पोखरा महानगरपालिकाका कृषबहादुर परियार प्रथम भएका छन् ।

त्यस्तै १० किमी महिला सिनियर व्यक्तिगततर्फ चन्दननाथ नगरपालिकाकी पूर्णलक्ष्मी न्यौपाने प्रथम र १० किमी पुरुष व्यक्तिगततर्फ हलेसी नगरपालिकाका गजेन्द्र राई प्रथम भए । अत्यन्तै रोचक प्रतिस्पर्धात्मक १० किमी सिनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम, चन्द्रागिरि नगरपालिका द्वितीय भएको थियो भने १० किमी पुरुषतर्फ हलेसी नगरपालिका प्रथम भएको थियो ।

पाँच किमी जुनियर टिम महिलातर्फ भोजपुर नगरपालिका प्रथम र पाँच किमी पुरुषतर्फ चन्द्रागिरि नगरपालिका प्रथम भएको थियो । प्रतियोगितका विजयी खेलाडीलाई चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले संयुक्तरूपमा ट्रफीसहित पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा राष्ट्रिय धावकद्वय वैकुण्ठ मानन्धर तथा र राजेन्द्र भण्डारीलाई सम्मानसमेत गरिएको थियो । सो अवसरमा चन्द्रागिरि नगरप्रमुख गिरीले खेलकुदका माध्यमबाट समृद्ध चन्द्रागिरि बनाउन उच्च प्राथमिकता दिएको जानकारी दिँदै यस्ता प्रतियोगिताले पर्यटन प्रवर्द्धनसमेत हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रतियोगिताका संयोजक तथा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गी र प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले चन्द्रागिरि नगरपालिकाले खेलकुदको प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिएको बताए ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ५ : ४६ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला