जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ « Khabarhub

जापान पठाइदिन्छु भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जापान पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जापान पठाइदिने आश्वासन दिएर ठगेको आरोपमा प्रहरीले एक जना मेनपावर सञ्चालकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङ जिल्ला लेटाङ घर भई हाल काठमाडौँको धुम्बराही बस्दै आएका ५० वर्षीय डिल्लीराम खतिवडा रहेका छन् । उनले जेनुइन प्लेसमेन्ट प्राइभेट लिमिटेड मेनपावर सञ्चालन गर्दै आएका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले ढकराज आचार्यसहित १२ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिने आश्वासन दिएर प्रतिव्यक्ति आठ लाख रुपैयाँ उठाएका थिए । उनले जापान पुगेपछि प्रतिष्ठित कन्ट्रक्सनको काम लगाइदिने र मासिक एक लाख ८० हजार तलब हुने आश्वासन दिएका थिए ।

उनले पीडितहरूबाट पटकपटक गरी ४६ लाख रुपैयाँ उठाएको प्रहरीले जनाएको छ । रकम उठाएर सम्पर्कविहीन भएपछि पीडितहरूले वैदेशिक रोजगार विभागमा निवेदन दिएका थिए । थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : २८ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी