रक्तचन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ « Khabarhub

रक्तचन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – प्रहरीले कपिलवस्तुबाट रक्तचन्दन जस्तो देखिने काठसहित आठ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो काठसहित आठ जनालाई पक्राउ गरेको हो।

अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन जस्तो देखिने रातो काठ परिणाम ६१६ किलो ९७० ग्राम र ट्रक सँगै आइरहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडीको ढालामा लुकाई छिपाई राखेको सोही प्रकृतिको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो ग्राम १५० ग्रामको रक्त चन्दन जस्तो देखिने रातो काठ फेला परेको हो।

सो काठको अन्दाजी मूल्य एक करोड ६३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मानिस र बरामद सवारी साधन उक्त काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : १६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना