रक्तचन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ « Khabarhub

रक्तचन्दन जस्तो देखिने काठसहित आठ जना पक्राउ


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – प्रहरीले कपिलवस्तुबाट रक्तचन्दन जस्तो देखिने काठसहित आठ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले सो काठसहित आठ जनालाई पक्राउ गरेको हो।

अर्घाखाँचीबाट कपिलवस्तुतर्फ आउँदै गरेको ना ५ ख ७३८२ नम्बरको ट्रकमा रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकमा रक्त चन्दन जस्तो देखिने रातो काठ परिणाम ६१६ किलो ९७० ग्राम र ट्रक सँगै आइरहेको लु २ च १६३९ नम्बरको बलेरो पिकअपको पछाडीको ढालामा लुकाई छिपाई राखेको सोही प्रकृतिको ३६ किलो १८ ग्राम गरी जम्मा ६५३ किलो ग्राम १५० ग्रामको रक्त चन्दन जस्तो देखिने रातो काठ फेला परेको हो।

सो काठको अन्दाजी मूल्य एक करोड ६३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मानिस र बरामद सवारी साधन उक्त काठसहित आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ९ : १६ बजे

‘हलो क्रान्तिका अभियन्ता अधिकारीको योगदान महत्त्वपूर्ण छ’

गण्डकी– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हलो क्रान्तिका अभियन्ता श्रीकान्त

ओली-लेखकको पक्षमा सर्वोच्चको परमादेश : अब म्याद नथप्नू, हिरासत मुक्त गरी थप अनुसन्धान सम्पन्न गर्नू

काठमाडौं- सर्वोच्च अदालत ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा

भैरहवा– रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबीच कूटनीतिक संवाद

तेहरान- इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले पश्चिम एशियामा जारी क्षेत्रीय

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष