बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाद्वारा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध « Khabarhub

बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाद्वारा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाले तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार उइग्युर समुदायका मानिसहरुलाई बँधुवा मजदुरको रुपमा प्रयोग गरी सामान उत्पादन गरेको भन्दै अमेरिकाले तीन वटा चिनियाँ कम्पनीले उत्पादन गर्ने वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टका प्रमुख अलेहान्द्रो मायोर्कासले नाफा कमाउने उद्देश्यका लागि मानव अधिकारको उल्लङ्घन गर्दै बँधुवा मजदुरको प्रयोग गर्ने कम्पनी आफूहरुलाई सह्य नहुने टिप्पणी गरेका छन् ।

यससँगै बँधुवा मजदुरविरुद्ध अमेरिकी प्रतिबन्धमा परेका कम्पनीको सङ्ख्या २७ पुगेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । यसअघि एक महिनाअघि अमेरिकाले अन्य दुई कम्पनीमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले पश्चिमी सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर, कजाख, किर्गिजजस्ता तुर्केली मूलका अल्पसङ्ख्यक मुसलमान समुदायका मानिसहरुलाई चीनले श्रम शिविरमा बन्धक बनाउने गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकी गुप्तचर संस्थाहरुले सिन्जियाङमा रहेर काम गर्दै आएका तीन कम्पनीले मुसलमान अल्पसङ्ख्यकमाथि दमन गर्न चीन सरकारलाई सहयोग गरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : २५ बजे

यातायात सहजसँगै लाङटाङमा पर्यटक बढे

रसुवा– यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको

खुसी र उल्लासका साथ दसैँ मनाउन परराष्ट्रमन्त्री खनालको आग्रह

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ