बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाद्वारा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध « Khabarhub

बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाद्वारा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध


१४ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन डीसी- बँधुवा मजदुरको प्रयोग गरेको भन्दै अमेरिकाले तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । भ्वाइस अफ अमेरिकाले जनाएअनुसार उइग्युर समुदायका मानिसहरुलाई बँधुवा मजदुरको रुपमा प्रयोग गरी सामान उत्पादन गरेको भन्दै अमेरिकाले तीन वटा चिनियाँ कम्पनीले उत्पादन गर्ने वस्तुको आयातमाथि प्रतिबन्ध लगाएको हो ।

अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टका प्रमुख अलेहान्द्रो मायोर्कासले नाफा कमाउने उद्देश्यका लागि मानव अधिकारको उल्लङ्घन गर्दै बँधुवा मजदुरको प्रयोग गर्ने कम्पनी आफूहरुलाई सह्य नहुने टिप्पणी गरेका छन् ।

यससँगै बँधुवा मजदुरविरुद्ध अमेरिकी प्रतिबन्धमा परेका कम्पनीको सङ्ख्या २७ पुगेको भ्वाइस अफ अमेरिकाले जनाएको छ । यसअघि एक महिनाअघि अमेरिकाले अन्य दुई कम्पनीमाथि पनि यस्तै प्रतिबन्ध लगाएको थियो ।

अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुले पश्चिमी सिन्जियाङ प्रान्तमा बसोबास गर्ने उइग्युर, कजाख, किर्गिजजस्ता तुर्केली मूलका अल्पसङ्ख्यक मुसलमान समुदायका मानिसहरुलाई चीनले श्रम शिविरमा बन्धक बनाउने गरेको आरोप लगाउँदै आएका छन् । अमेरिकी गुप्तचर संस्थाहरुले सिन्जियाङमा रहेर काम गर्दै आएका तीन कम्पनीले मुसलमान अल्पसङ्ख्यकमाथि दमन गर्न चीन सरकारलाई सहयोग गरेको बताउँदै आएका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  १२ : २५ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट