नेताहरुले देश नै बेच्न खोजेका छन् : बालेन « Khabarhub

नेताहरुले देश नै बेच्न खोजेका छन् : बालेन


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेताहरुले देश बेच्न खोजेको आरोप लगाएका छन् ।

बुधबार साँझ सामाजिक सञ्जालमा प्रमुख बालेनले लेखेका छन्,‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन ।’

साथै बालेनले देश नै बेचे पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने समेत उल्लेख गरेका छन् । ‘तपाईंहरुले पुरै देशनै बेच्नुभो भनेपनि , काठमाडौं एक्लै भएपनि नेपाल भनेर उभिनेछ ’ उनले उल्लेख गरेका छन् ।

काठमाडौं उपत्यकाका मेयर तथा उपमेयरहरूको मञ्च मेयर्स फोरमको बैठकमा विवादपछि बालेन निस्किएका थिए । त्यसपछि बालेनका बारे विभिन्न टिप्पणी भइरहेको थियो । त्यसबारे बालेनले १७ वटा नगरपालिकाले निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।

‘१७ वटा नगरपालिकाले कुनै निजी कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिसकार गरेको हो, कसैको अपमान गरेको होईन’ उनले लेखेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ८ : १९ बजे

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित

बालेन नेतृत्वको सरकारबारे भीम रावलको टिप्पणी : अब त ब्यारेकमै पुगेर सेनालाई हप्काउन थालिएछ

काठमाडौं– नेकपा नेता डा. भीम रावलले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह