न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित | Khabarhub Khabarhub

न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित


१५ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकदिवसीय विश्वकपमा न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाले फराकिलो जित दर्ता गरेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रिका १ सय ९० रनको विशाल अन्तरले विजयी भएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्डले ३५.३ ओभरमा १ सय ६७ रन अल आउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए भने विल यङले ३३ रन र डेरल मिचेलले २४ रन बनाए ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ४ तथा मार्को जानसेनले ३ विकेट लिए । जेराल्ड कोट्जेले २ तथा कागिसो रबाडाले एक विकेट लिए ।

त्यसअघि क्विन्टन डी कक र रासी भन डर डुसेनको शतकीय पालीको मद्दतले दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ५७ रन बनाएको थियो । डी ककले १ सय १४ रनको शानदार पाली खेले । त्यस्तै, डुसेनले ११८ बलमा १ सय ३३ रन बनाए । उनले ९ चौका र ५ छक्का हिर्काए । डेभिड मिल्लर आक्रामक पाली खेल्दै ३० बलमा ५३ रन बनाए ।

न्युजिल्याण्डका लागि टीम साउथीले २ तथा ट्रेन्ट बोल्ट र जेम्स निसमले १–१ विकेट लिए ।जितसँगै दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ९ : ४७ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस