महाकाली पक्की पुलले जोडेको रोजगारी « Khabarhub

महाकाली पक्की पुलले जोडेको रोजगारी


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

बेदकोट कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ का ५५ वर्षीय कृष्णदत्त पन्त तीन वर्षअघि बेरोजगार थिए। उनी फुर्सदिलो समयमा पशुचौपाया चराएर दिन बिताउँथे । हाल कृष्णदत्तको दैनिकी फेरिएको छ । महाकाली नदीमा पक्की पुल निर्माणका साथै दोधारा चाँदनीको ग्रामीण क्षेत्र सडक सञ्जाल पुगेपछि उनी रोजगारीमा जोडिएका हुन्  ।

‘पक्की पुल बनेपछि अटो किनेर चलाइरहेको छुँ, राम्रो आम्दानी छ’, उनले भने, ‘दोधारा चाँदनीका साथै महेन्द्रनगरसम्मै यात्रु बोकिन्छ ।’ महाकाली पक्की पुलसँगै दोधारा चाँदनीमा बन्ने सुक्खा बन्दरगाहसम्मको पहुँचमार्गमा पर्ने जमिनको मुआब्जा पाएपछि कृष्णदत्तको दैनिकी फेरिँदै गएको छ ।

मुआब्जाबापत पाएको रकमले उहाँनले घर निर्माण गरेका छन्। त्यहीँ घरमा एउटा किराना पसल थपेका छन्, दुई भैँसी पालिरहेका उहाँ दूध पनि बेच्छन्। ‘पुल निर्माण भएपछि हामीलाई निकै सहज भएको छ । रोजगारी नहुँदा जीविकोपार्जन गर्न हम्मेहम्मे पथ्र्यो’, उनले भने, ‘हाल घरमै रोजगारी पाएका छौँ ।’

उनका अनुसार पाँच कठ्ठा जमिनको रु ४० लाख मुआब्जा पाएका थिए । दोधारा चाँदनी–१ मा अहिले उनको सात कठ्ठा जमिन बाँकी छ । अटोबाट यात्रु बोकेर दैनिक रु दुई हजार आम्दानी हुने गरेको कृष्णदत्तको भनाइ छ । ‘सहकारीलाई दूध बेच्छौँ । सडक बनेपछि घरमै आएर रु ५० मा सहकारीले दूध लैजान्छन्’, उनले भने।

महाकालीमा पक्की पुल निर्माण भएपछि कृष्णदत्तसँगै दोधारा चाँदनीका १० जनाले अटो किनेका थिए । अहिले दोधारा चाँदनीमा अटो व्यवसाय गर्नेको सङ्ख्या बढ्दो रहेको उनको भनाइ छ । दोधारा चाँदनी–१ का धनबहादुर बम चार वर्षअघिसम्म काम गर्न भारत जानथे । केही वर्ष भारतमा काम गरेका उनले कोरोना महामारीका बेला घरमै बाख्रापालन गरे ।

त्यतिबेलासम्म दोधारा चाँदनीको ग्रामीण सडक कालोपत्र भइसकेको थियो । त्यसपछि चिया नास्ताको होटल व्यवसाय थालेका उनले मनग्य आम्दानी गर्दै आएका छन् । ‘यहाँ बाटो नहुँदा निकै समस्या थियो । गडिगोठको बाटो प्रयोग गर्दा भारतीयले सास्ती गर्थे’, उनले भने, ‘पक्की पुलसँगै कालोपत्र बाटो बनेपछि मानिसको भीडभाड पनि बढेको छ । व्यापार पनि राम्रो छ ।’

महाकालीमा पक्की पुल निर्माण भएसँगै दोधारा चाँदनी सदरमुकाम महेन्द्रनगरसँग जोडिएको मात्रै छैन । पुलले यहाँका स्थानीयलाई रोजगारीको ढोका पनि खोलेको छ । दोधारा चाँदनी झोलुङ्गे पुलमा दुई पाङ्ग्रे सवारीसाधनमात्रै चल्ने गरेका छन् । महाकालीमा पक्की पुल नहुँदा दोधारा चाँदनीका स्थानीय भारतीय बाटोको प्रयोग गरेर शारदा ब्यारेज भएर महेन्द्रनगर आउजाउ गर्ने गरेका थिए । 

पक्की पुल निर्माणले भारतीय बाटोको प्रयोग गर्नुपर्ने बाध्यता हटेको स्थानीय बासिन्दाको भनाइ छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १२ : ५० बजे

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी