खाँणलाई थुनामै राख्ने या धरौटीमा छाड्नेबारे न्यायाधीशहरुबीच कहाँ मिलेन कुरा ? अब के हुन्छ ? | Khabarhub Khabarhub

खाँणलाई थुनामै राख्ने या धरौटीमा छाड्नेबारे न्यायाधीशहरुबीच कहाँ मिलेन कुरा ? अब के हुन्छ ?


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्ने वा थुनामा राख्ने भन्ने विषयमा दुई न्यायाधीशबीच मत बाझिएको छ । उच्च अदालतका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा रहेको उक्त मुद्दामा न्यायाधीश पाण्डेले खाँणलाई धरौटीमा रिहा गर्नुपर्ने राय राखेपनि अर्का न्यायाधीश खरेलले असहमती जनाएपछि निर्णय हुन नसकेको हो ।

फैसलामा न्यायाधीश पाण्डेले खाँणविरुद्ध किटानी जाहेरी नपरेको, आफ्नो कसुरमा इन्कार रहेको, सहप्रतिवादीहरुले पनि कसुरमा संलग्न रहेको भनी पोल नगरेको र मिसिल संलग्न अन्य प्रमाणबाट पनि खाँणलाई थुनामा राख्ने आधार कारण र अवस्था नरहेको उल्लेख गरेका थिए । न्यायाधीश पाण्डेले खाँणलाई थुनामा राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६८ र ७१ बमोजिम ३० लाख धरौटीमा छाड्नुपर्ने राय पेश गरेका थिए ।

तर, अर्का न्यायाधीश खरेलले भने पाण्डेको आदेश रायसँग असहमति राख्दै प्रतिवादीहरु टेकनारायण पाण्डे र केशव दुलालबीचको मोबाइल सन्देश, अर्का प्रतिवादी नरेन्द्र केसीबाट बरामद भएको कागज, प्रतिवादी आङटावा शेर्पाको घटना विवरण कागज र प्रतिवादी पाण्डेले दिएको बयानका आधारमा खाँण अभियोग दाबी कसुरमा अहिले नै निर्दोष रहेछन् भनी विश्वास गर्न मिल्ने आधार नदेखिएको राय प्रस्तुत गरेका छन् । यससँगै खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने न्यायाधीश पाण्डेको रायसँग न्यायाधीश खरेलले असहमति जनाएका हुन् ।

अब खाँणको हकमा उच्च अदालत नियमावली २०७३ को नियम १२ बमोजिम तेस्रो न्यायाधीशसमक्ष पेश हुने पाटन उच्च अदालतले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ५ : ३५ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं