केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर पर्‍यो : झलनाथ खनाल « Khabarhub

केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर पर्‍यो : झलनाथ खनाल


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले केही कम्युनिस्ट पार्टी दक्षिणपन्थी भड्काउमा लागेकाले वाम एकतामा असर परेको बताएका छन् ।

शुक्रबार खबरहबसँग कुरा गर्दै उनले केही कम्युनिस्ट भनिने पार्टीहरुमा बोक्रो मात्र कम्युनिस्ट विचार,कार्यशैली र आचरणमा दक्षिणपन्थी भड्काउ आएकाले यसले वाम एकतामा असर पारेको बताए ।

वाम एकताको पक्षमा यहाँहरु हुनुहुन्थ्यो तर अहिले यो हल्ला सेलायो नि भन्ने प्रश्नमा उनले भने, ‘बाहिर मात्र सेलाको हो । कुराहरू आवश्यकता अनुसार हुँदै जान्छन् । केही कम्युनिस्ट पार्टीहरूको बेइमानी र दक्षिणपन्थी भड्काउ शैलीका कारण एकतामा असर पुगेको छ । तर, विस्तारै ती कम्युनिस्ट पार्टीहरूले यो कुरा बुझ्लान् ।’

उनले नेकपा एमालेतिर अंकित गर्दै कम्युनिस्ट पार्टीले पार्टीको सिद्धान्त र शैलीअनुसार काम नगरे देशको कम्युनिस्ट आन्दोलनले क्रान्तिकारी गति नलिने र बाह्य शक्तिहरूले त्यसको फाइदा उठाउने बताए ।

पछिल्लो समय उनको एमालेसँग सम्बन्ध सुधार भएको संकेत देखिएको मिडियामा कुराहरू आए पनि तत्काल एमालेसँग कुनै छलफल संवाद तथा कुराकानी नभएको प्रष्ट पारे ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ५ : ४२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।