कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव « Khabarhub

कोप–३३ आयोजना गर्न भारतीय प्रधानमन्त्री मोदीको प्रस्ताव


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

दुबई- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२८ मा संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–३३ आयोजना गर्न शुक्रबार प्रस्ताव गरेका छन् ।

दुबईमा आयोजित जलवायु परिवर्तनसम्बनधी सम्मेलन, कोप–२८ सम्बन्धी छलफलमा बोल्दै प्रधानमन्त्री मोदीले हरेक देशले जलवायु परिवर्तनको लक्ष्य पूरा गर्नुपर्ने र एकताबद्ध भएर काम गर्नुपर्ने बताए ।

उनले भने, “आज सारा विश्वले हामीलाई हेरिरहेको छ । पृथ्वी माताले आफ्नो भविष्यको रक्षाका लागि हामीतिर हेरिरहनुभएको छ । हामी सफल हुनैपर्छ ।”

“भारतले सन् २०२८ मा कोप ३३ को आयोजना गर्नेछ र यो कुरा म आज यही मञ्चबाट प्रस्ताव गर्दछु ।’’ उनले भने ।

यसै वर्ष जी–२० शिखर सम्मेलनको आयोजना गरेको विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको नेताका रूपमा मोदीले विश्व मञ्चमा भारतको छवि उकास्न खोजेका छन् ।

जलवायु परिवर्तनसँग जुध्न केन्द्रित संयुक्त राष्ट्रसङ्घले आयोजना गर्ने वार्षिक वार्ता कोपलाई विश्वका विभिन्न क्षेत्रहरूमा आलोपालो गरिन्छ र यसले विश्वका राजनीतिक नेतृत्व र उद्योग प्रमुखहरूसहित दशौं हजार प्रतिनिधिहरूलाई आकर्षित गर्दछ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ७ : ०३ बजे

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरीको भर्ना खुल्यो

काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

नवलपरासी – निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)

आजको मौसम पूर्वानुमानः तराईमा हुस्सुको प्रभाव कायमै

काठमाडौं – आज पनि तराईका केही भागमा हुस्सु निरन्तर देखिने

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं – काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा आज साँझ भएको बस