प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मुख्यमन्त्री यादव | Khabarhub Khabarhub

प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मुख्यमन्त्री यादव


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको प्रशासनिक कार्यालय भवनको आज शिलान्यास कार्यक्रममा मुख्यमन्त्री यादवले प्रदेश सरकार गठन भएको छ वर्ष बित्दा पनि प्रहरी प्रदेश सरकारको मातहतमा आउन नसकेकोप्रति दुःख व्यक्त गरे।

नेपाल प्रहरीलाई प्रदेश सरकार मातहतमा ल्याउन सङ्घर्ष जारी रहेको उनले बताए । उनले कसैको सिफारिस विना पीडितले न्याय पाओस् भन्ने किसिमले प्रदेशमा काम गर्नका लागि प्रहरी अधिकारीलाई आग्रह गरे । प्रदेशको आठ वटै जिल्लाको सदरमुकाममा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सिसिटिभी जडान गरिने उनको भनाइ छ ।

उनले अहिले पनि प्रदेश सरकारले आफ्नो क्षमताअनुसार मधेस प्रदेश प्रहरीलाई सहयोग गरिरहेको भन्दै प्रहरी प्रदेश सरकारको मातहतमा आएपछि मधेस सरकारको प्रहरी सबैभन्दा सबल हुने विश्वास व्यक्त गरे । कार्यक्रममा गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमले मधेस प्रदेश प्रहरीको समस्या प्रदेश सरकारको समस्या भएको भन्दै शान्ति सुरक्षा सुदृढ पार्न विगत झै आगामी दिनमा पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका उपनेता एवं प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले प्रदेश सरकारको धेरैजसो बजेट त्यतिकै फ्रिज हुने गरेको भन्दै त्यस्ता बजेटलाई प्रशासनिक पूर्वाधार निर्माणमा खर्चिन सल्लाह दिए। मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले भाडाको घरमा अहिले कार्यालय सञ्चालन भइरहेको भन्दै निर्माण हुने उक्त प्रशासनिक कार्यालय भवनले कामकाज गर्नमा सहजता हुने धारणा राखे।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रमणि पाण्डे, सशस्त्र प्रहरी बल नेपाल २ नं. छिन्नमस्ता बाहिनी बर्दिवासका सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र साह, वरिष्ठ प्रहरी उपरीक्षक प्रवीण पोखरेलसहित उच्च सुरक्षा अधिकारीको सहभागिता रहेको थियो ।

रु २३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण हुन लागेको उक्त प्रशासनिक कार्यालय भवनको निर्माण शिवालय सुवेदी जेभी काभ्रेले १८ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : ३२ बजे

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं– अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको निवेदन

गोयलको अलकत्रामा गडबडी, महासंघ भन्छ-क्षतिपूर्ति देऊ

काठमाडौं- सडक कालोपत्रे गर्दा प्रयोग गरिने अलकत्रा (बिटुमिन) को मुख्य

जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री, नवलकिशोर साह वनमा यथावत

काठमाडौं–गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट

सबै पालिकामा आयोडिनयुक्त नुन उपलब्ध गराउन निर्देशन

काठमाडौं– प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

नेप्से २४.३९ अंकले बढ्यो, कारोबार ३ अर्बमाथि 

काठमाडौं–सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २४.३९ अंकले बढेको छ ।