सत्ताले धानेको साख | Khabarhub Khabarhub

सत्ताले धानेको साख

‘एस म्यान’को मण्डलीसँग रमाएका ‘हेडसर’



एउटा मदिरा प्रेमी मरेपछि स्वर्ग पुगेछ। आफूले अपेक्षा नगरेको ठाउँ पुग्दा छक्क पर्दै यमराजलाई सोधेछ- ‘प्रभु, म जस्तो जँड्याहालाई स्वर्गजस्तो विशिष्ट ठाउँ कसरी नसिब भयो ?’ उत्तर दिँदै यमराजले भनेछन्- ‘फलफूल र सलादसँग सोमरस पिउँदै भात भान्सा नगरी तिमी निदाउँदा रहेछौ। त्यसलाई हाम्रो प्राविधिक टोलीले ब्रत मूल्यांकन गरेछ। तिमीलाई बधाई छ।’

नेपालमा अधिकांश राजनीतिक पात्रको भाग्योदय जँड्याहाकै शैलीबाट हुने गरेको छ। यदि नेता समय र आत्माको आवाज सुन्न योग्य भएनन् भने त्यो पीडा खिल बनेर पुस्तौं पुस्ताका लागि बिझाउँदो रहेछ।

नेपालमा अधिकांश राजनीतिक पात्रको भाग्योदय यही जँड्याहाकै शैलीबाट हुने गरेको छ। यदि नेताहरु समय र आत्माको आवाज सुन्न योग्य भएनन् भने त्यो पीडा खिल बनेर पुस्तौं पुस्ताका लागि बिझाउँदो रहेछ। दलका हेडसरमध्ये अधिकांश वृद्धभत्ताका लागि योग्य बनिसकेका छन्। तर उनीहरुको दैनिकी र महत्वकांक्षा सत्ता चरित्रबाट कहिल्यै निरपेक्ष रहेन। तीन दशकदेखि सत्ताको म्युजिकल चियर्समा सहभागी यिनीहरुको एकदिनको दैनिकी हेर्दा नै बाँकी यात्राको प्रक्षेपण गर्न कठिन पर्दैन।

एमाले अध्यक्ष केपी ओली यतिबेला देशदर्शनमा छन्। यात्रालाई समृद्धि र संकल्प जामा लगाए पनि त्यसले पार्टीको आन्तरिक जीवनमा अध्यक्ष ओलीको ‘म्यारिज एनिभर्सरी’भन्दा परको अर्थ राख्दैन। पत्नी लिएर देश डुल्ने रहर ओलीको हो, बाँकी पखेटा काटिने भयले पछ्याएको लावालस्कर हो। त्यसबेला हौसिदै हात मुठी पारेर गरिएको ‘जनवादी घरजम’ले अहिलेको हाइटेक जीवनशैली प्रतिनिधित्व गर्न नसकेको तिर्खा यो यात्राले मेटिरहेको छ।

दलका हेडसरमध्ये अधिकांश वृद्धभत्ताका लागि योग्य बनिसकेका छन्। तर उनीहरुको दैनिकी र महत्वकांक्षा सत्ता चरित्रबाट कहिल्यै निरपेक्ष रहेन।

विना पूर्वाग्रह भन्ने हो भने एमालेमा स्थापित नयाँ दर्शन ओली उभिएको ठाउँ समृद्धि र उनले निद्रा पातलिँदा आफू बस्ने होटलबाट खिचेर सामाजिक सञ्जालमा सम्प्रेषित फोटो ‘उज्यालो नेपाल’को सूचक हो। चीनमा माओत्सेतुङको दबदबा हुँदा हलीहरुले यस्तै देवत्वकरण गरेका थिए। कारखानाका मजदुर मेशिन बिग्रँदा गोजीबाट ‘रेडबुक’ निकालेर ढोग्थे। यसो गर्नासाथ बिग्रिएको मेशिन सही हालतमा आउने भ्रमबाट उनीहरुलाई जबर्जस्त दीक्षित गराइएको थियो। आखिर जीवनको उत्तराद्र्धमा माओलाई अनुदार बन्न उक्साउनेहरु नै उनको मृत्युको साइत कुर्ने पात्र प्रमाणित भए।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रहेका रामहरि खतिवडाले आफ्नो जिल्लामा नेताहरुप्रति दर्शाएको चाकरीको चरम रुप काँग्रेसभित्रका युवा चरित्रको नमूना हो। जिल्लाभरको फूल बटुलेर बनाइएको फूलको लट्ठाले नेता पुर्नु भनेको देवता भएको भ्रममाथिको नवीकरण हो। शेरबहादुर देउवाको अनुकम्पामा संसदभित्रको महत्वपूर्ण जागिर पाएका खतिवडालाई शेखर कोइरालालाई समेत उपस्थित गराएर अनिश्चित भविष्य निश्चित बनाउनै पर्ने भाउँतो आइलाग्यो। अब कुन जमिनमा उभिएर बाटो बिराएकालाई नैतिकताको पाठ पढाउने भन्ने प्रश्नले स्वाभाविक आश्रय पाउने भयो। दियोको आगो हावाको झोंकाले मात्र नभई तेल सकिएर पनि निभ्छ। तेल सकिएर निभ्नु भनेको अन्तरआत्माको आवाजप्रतिको बेइमानी पनि हो।

एमाले अध्यक्ष ओली यतिबेला देशदर्शनमा छन्। यात्रालाई समृद्धि र संकल्प जामा लगाए पनि पार्टीको आन्तरिक जीवनमा अध्यक्ष ओलीको ‘म्यारिज एनिभर्सरी’भन्दा परको अर्थ राख्दैन। पत्नी लिएर देश डुल्ने रहर ओलीको हो, बाँकी पखेटा काटिने भयले पछ्याएको लावालस्कर हो।

सत्तामा रहेर पनि प्रतिपक्षको भूमिकामा रहेको काँग्रेस नसप्रने प्रामाणिक आधार हो। त्यसै पनि नेपालमा पुस्तान्तरणको विषय एउटा रमाइलो ‘मिथक’ हो। अहिले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, देउवा, ओली र नेपालले पार्टीलाई प्रालिभन्दा उठ्न दिएका छैनन्। उनीहरुको नजरमा अरु नेता नभई ‘एस म्यान’को मण्डली हो। महाधिवेशनमा ४० प्रतिशत मत पाएको आफूलाई नबिथोल्नका लागि मात्र ट्रमकार्ड बनेको छ। आखिर उनको राजनीतिक भविष्य देउवाकै मुडले निर्धारण गर्नेमा दुईमत छैन। काँग्रेसभित्र नेतृत्वको दूरी पृथ्वी-चन्द्रलोकभन्दा बढी छ भन्ने त आफ्नै पितापुर्खा एमपी, बीपी र जीपीबाट शेखरले ज्ञान पाएको हुनुपर्छ। जुनसुकै पार्टीको शीर्ष नेतृत्व जनता अनुकूल आफू नभएर आफ्नो इशारामा जनता चलून भन्ने चाहन्छन्।

फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोन गगन थापाभन्दा दुई वर्ष कान्छा हुन्। न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, युक्रेनी र चिली राष्ट्रपति भ्लादिमिर जेलेन्स्की, ग्याब्रीएल बोरिक ४५ वर्ष मुनिका छन्। थापाभन्दा धेरै कान्छी फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिन राजनीतिबाट बिदा लिएर यतिबेला बिकनी लगाएर समुद्रमा रमाइलो गरिरहेकी छन्। यही तालले हो भने गगन पुस्ता थाहै नपाई वृद्धभत्ताको अंशियार हुनपुग्दा राजनीति परिदृश्य अहिलेकै रुपमा देखिँदा आश्चर्य नमान्दा हुन्छ।

रामहरि खतिवडाले आफ्नो जिल्लामा नेताहरुप्रति दर्शाएको चाकरीको चरम रुप काँग्रेसभित्रका युवा चरित्रको नमूना हो। जिल्लाभरको फूल बटुलेर बनाइएको फूलको लट्ठाले नेता पुर्नु भनेको देवता भएको भ्रममाथिको नवीकरण हो।

जब चुनाव आउँछ, नेपालमा पुस्ताको बहस उठ्छ। पुस्तान्तरण ठूलो कि रुपान्तरण त्यसमा कोही बोल्दैन। गाडी थोत्रे छ तर चालक नयाँ आयो भने त्यो गाडीले गति लिन सक्ला त ? अहिलेको चुरो प्रश्न यही हो। राजनीति के हो ? यो उच्चतम सेवा हो। सेवाको ढोका कहिल्यै बन्द हुँदैन। भगवान कृष्ण, श्रीराम, गौतम बुद्ध राजनीतिको उच्चतम प्रयोगबाट देउताको कोटीमा पुगे। महात्मा गान्धी, अब्राहम लिंकन, नेल्शन मण्डेलालाई राजनीतिप्रतिको समर्पण भावले महामानवमा स्थापित ग-यो।

नेपाली राजनीतिमा शक्ति, सत्ताको प्रहसन चरम भद्दा देखिन्छ। जनताका आशा र आकांक्षा प्याजका पत्रजस्तै एउटा छोडाएपछि अर्कोमा केही भेटिएला भनेर खोज्दाखोज्दै प्याजकै अस्तित्व सकिएजस्तै, सपनाका चाङले दशकौंदेखि जनता पुरिएका छन्। राजनीति त एउटा यस्तो खाइलाग्दो उद्योग हो, जसमा लाग्नेहरु सधैं मालामाल छन्। नेताहरु प्राइभेट लिमिटेडका आजीवन म्यानेजरजस्तै भएका छन्।

अहिले पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, देउवा, ओली र नेपालले पार्टीलाई प्रालिभन्दा उठ्न दिएका छैनन्। उनीहरुको नजरमा अरु नेता नभई ‘एस म्यान’को मण्डली हो।

एउटा प्रधानमन्त्री चुनिन्छ, त्यसपछि सत्ताको चास्नी आफू अनुकूल बनाउन प्रधानमन्त्रीलाई मुखिया मानेर धाउने शैली एउटै पदचापमा मिलको फित्ता घुमेझैं घुमिरहेको छ। राणा, शाहलाई परिक्रमा गरेर सुरु भएको त्यो चरित्र सात दशकदेखि बहादुर र प्रसादमा सरेको मात्र हो, त्यसको तत्त्वमा कुनै भिन्नता छैन। मुलुकका सम्पूर्ण कार्यकारी र संवैधानिक पदमा अघोषित यही प्रवृत्ति हाबी छ।

आफूलाई गणतन्त्र र संघीयताको भीष्मपितामह ठान्ने प्रचण्डले आफूहरुले ल्याएको व्यवस्थामा अरुहरुसँग अस्तित्वको भीक्षा माग्नुपरेको छ। यो जनवाद धनवादमा बिक्री गरेवापत प्रचण्डले पाएको दण्ड हो। बाघ प्रचण्ड दाह्रानंग्रा भुत्ते भएपछि पटक पटक बाँचेर मर्न बाध्य भएको कारुणिक दृश्य हो। केपी-पीके पार्टी विलयदेखि शेरबहादुरसम्मको दैलो ढकढकाउनुपर्ने नियतिले अझै मुक्ति पाएको छैन। प्रचण्ड चिल त हुन तर पार्टी विलय भएपछि उनी एमालेको ओथारोमा पुगे। एमालेका चल्लाहरुले घेरेपछि उनले उड्ने कला बिर्सिए।

राजनीति त एउटा यस्तो खाइलाग्दो उद्योग हो, जसमा लाग्नेहरु सधैं मालामाल छन्। नेताहरु प्राइभेट लिमिटेडका आजीवन म्यानेजरजस्तै भएका छन्।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ। तर बद्लिएको व्यवस्थाका नबद्लिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन्। यी प्राइभेट लिमिटेड पार्टीका महाप्रबन्धकहरुले आफ्नो दाउ असुल्ने धन्दामा समय मिल्काइरहँदा देश अस्थिपञ्जर बन्दै गइरहेको छ। पहिला पहिला सरकारी बैंकहरुमा नोगजा (नोट गर्न जान्ने) एउटा पद थियो।

नेपालका हरेक निकायका मुखियाले अघोषित रुपमा नोट गन्न जान्ने कारोवारी राखेका हुन्छन्। यो वा त्यो व्यवस्था र व्यक्तिको विषय नभएर यो खुल्ला सत्य हो। पुलिसको चौकी इन्चार्ज-आईजीपी, डिठ्ठा-प्रधानन्यायाधीश, वडा सदस्य-प्रधानमन्त्रीसम्म यो मामलामा कोही निरपेक्ष छैनन्। काम गर्न सजिलो या नैतिक मर्यादाका कारण नभई आफू अनुकूलको किलो गाड्न यस्ता कसरत हुने गरेका छन्।

बिग्रिएको घडीले पनि दिनको दुईपल्ट एकुरेट समय बताउँछ। तर बदलिएको व्यवस्थाका नबदलिएका नेताहरुले जिन्दगीभर आफ्नो नामबाहेक अरु केही साँचो बताउने भएनन्।

बिहान नेतासँग भत्ता बुझेर दिउँसो सदाचारको नारा दिने कार्यकर्ताबाट पालित पोषित लोकतन्त्र नै त हाम्रो असली परिचय हो दाहाल, ओली। दाहाल यस्ता पात्र हुन, जो आफ्नो ताज बचाउन अरबमा सौदा खेल्न सक्छन्। अर्बौं हान्न सक्छन्। करोडौं बाँड्न सक्छन्। ती पार्टीका अरु नेतामा यो कौशल शून्य छ। त्यसैले रोग, भोक र शोकले जति गाँजे पनि उनीहरुको साम्राज्य एकछत्र छ। माधव नेपालको इतिहास बैंक जागिरेबाट सुरु भए पनि उनी कुशल म्यानेजर कम, खजाञ्ची ज्यादा देखिए। रामचन्द्र पौडेलको क्यालकुलेटरले हजारभन्दा माथिको हिसाब गर्नै जान्दैन। त्यसैले अहिले पाएको दायित्व एस म्यानको पुरस्कार हो।

नेपाललाई असफल राष्ट्र बनाउने डिजाइनमा मतियारको भूमिकालाई हरेक पार्टीका नेताले घोषित अघोषित शैलीमा सघाएका छन्। जसरी फलाम आफूभित्रै निस्कने खियाबाट सखाप हुन्छ, त्यसरी नै देशलाई अधोगतितर्फ लान यहीँका गतिविधि जिम्मेवार छन्। इतिहास साक्षी छ-राजा त्रिभुवनका सेक्रेटरी गोविन्दनारायण भन्ने भारतीय नागरिक थिए। बीपीका चालक र भान्से उतैबाट खटिएका थिए। त्यसबेला तराईका पाठशालामा हिन्दी भाषामा पढाई हुन्थ्यो। देशभर भारतीय मुद्राको विनिमय सहज थियो। प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार थिए।

माधव नेपालको इतिहास बैंक जागिरेबाट सुरु भए पनि उनी कुशल म्यानेजर कम, खजाञ्ची ज्यादा देखिए। रामचन्द्र पौडेलको क्यालकुलेटरले हजारभन्दा माथिको हिसाब गर्नै जान्दैन। त्यसैले अहिले पाएको दायित्व एस म्यानको पुरस्कार हो।

प्रधानन्यायालयको स्थापना भारतीय नागरिक हरिप्रसाद प्रधानलाई प्रधानन्यायाधीश बनाएर गरिएको थियो। उत्तरी चेकपोष्टमा भारतीय सुरक्षाकर्मी राखिएका थिए। प्रत्येक मन्त्रालयमा भारतीय सल्लाहकार थिए। अरु त अरु मन्त्रिपरिषद्को बैठकमा समेत भारतीय दूतको उपस्थिति रहन्थ्यो। अहिले यी निकायमा नेपालीको प्रतिनिधित्व छ। सार्वभौम नेपाली जनताले जिताएर पठाएकाले सरकार चलाएका छन्। देश विदेश पढेका उम्दा प्रतिभाहरु राष्ट्रसेवक छन्। भाषा, साहित्य, संस्कृति समृद्ध छ। चेतनाको स्तर कोहीभन्दा कम छैन।

तर दलालीको प्रतिशतको पारो यसरी बढेको छ कि त्यो घोषित अवस्थालाई अहिलेको अघोषित अवस्थाले लाभाले जस्तै खग्रास बनाएको छ। तिनै भारतीय भनिने हरिप्रसाद प्रधानले सर्वोच्च अदालतको मानमर्दन गरेको अभियोगमा डिल्लीरमण रेग्मीजस्ता राजनीतिज्ञलाई ६ महिनाको जेल सजाय सुनाएका थिए। चार पासेले ढपक्कै ढाकेको प्रधान न्यायालयमा कानुनमा स्नातक नगरेकालाई अयोग्य करार गरी न्यायालयको प्राज्ञिक मर्यादा माथि उठाए।

विवाहित छोरीलाई सन्तान नठान्ने कानुन खरानी बनाएर छोरीलाई अपुताली सम्पतिको हकवाला बनाए। सात दशकअघि न्यायालयमा गरिएका यस्ता सुधार कसैका लागि अनुकरणीय भएन। बरु कानले हेरेर न्याय दिने सम्वेदनशील ठाउँका न्यायमूर्तिहरुको नियुक्तिको मापदण्ड पावर, पैसा र राजनीतिक प्रभावलाई बनाइयो।

जिन्दगीमा राम्रो मानिसको खोजी नगर्नु बरु तपाईं आफैं राम्रो बन्ने कोशिस गर्नुस्, यसबाट तपाईंलाई पाएर कसैको खोजी पो पूरा हुन्छ कि ! सुखले पनि सिकाउँछ, दुखले पनि सिकाउँछ। सुखका चार पाइलाले भन्दा दुःखका दुई पाइलाले धेरै सिकाउँछ।

न्यायालयमा रोपिएको विषवृक्षमा फलेको फलले विरुवा हुर्काउने नर्सरीवालाहरु नै शिकार बन्ने निश्चित छ। त्यो बेला निलकण्ठ विष आफूले खाएर कल्याण गर्ने महादेव यो धरामा निस्कने छैनन्। नीति भन्छ- ‘जुन ठाउँमा धनी, विद्वान, राजा (प्रणाली), खानेपानी र चिकित्सक छैनन्, त्यस्ता ठाउँमा राति त परै जाओस दिउँसो पनि नबस्नु।’

भनिन्छ- जिन्दगीमा राम्रो मानिसको खोजी नगर्नु बरु तपाईं आफैं राम्रो बन्ने कोशिस गर्नुस्, यसबाट तपाईंलाई पाएर कसैको खोजी पो पूरा हुन्छ कि ! सुखले पनि सिकाउँछ, दुखले पनि सिकाउँछ। सुखका चार पाइलाले भन्दा दुःखका दुई पाइलाले धेरै सिकाउँछ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : ०४ बजे

वाफ च्याम्पियनसिप : लेवनानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) वुमन्स च्याम्पियनसिपको

छ सय २० किलो गाँजा बरामद

मलेखु – धादिङको गजुरी गाउँपालिका–२, बिहानी पेट्रोलपम्प नजिकबाट प्रहरीले छ

कांग्रेस नेता सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहलाई

प्रसारण लाइनको ठेक्का विवादसम्बधी मुद्दा खारेज

काठमाडौं – सर्वोच्च अदालतले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा

पूर्वप्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुनसरी – सुनसरी कोसी गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय लौकहीका