प्रचण्ड नायकबाट खलनायक भइसके | Khabarhub Khabarhub

प्रचण्ड नायकबाट खलनायक भइसके

‘गठबन्धन नभए माओवादीले तीन सिट मात्रै जित्ने थियो’


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नेपालमा कम्युनिस्ट पार्टी एक ठाउँमा रहन सकेका छैनन्। दलको हिसाबमा नेपालमा कम्युनिस्ट पाटीको उपस्थिति निकै ठूलो सङ्ख्यामा छ। सांसदहरूको संख्या पनि ठूलै छ। अहिले बनेको नयाँ सरकारमा पनि दुई ठूला कम्युनिस्ट पार्टी सरकारमा गएका छन्। यो सरकारमा पनि पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेर सरकार बनिरहँदा जुन बेलामा द्वन्द्व सुरु भएको थियो। सशस्त्र द्वन्द्व गरेर नेकपा (माओवादी केन्द्र) यतिबेला सरकारमा सामेल भएको छ। पुष्पकमल दाहाल जतिबेला जनयुद्धका कमान्डर थिए। अहिले त्यही कमान्डर धेरै दलसँग मिलेर सरकारको नेतृत्वमा छन्। एकातर्फ कम्युनिस्ट आन्दोलन मर्दै गएको र अर्कोतर्फ कम्युनिस्ट वर्चस्व कायम नै रहेको यो सन्तुलन मिल्न नसक्नुको कारण के होला ? अहिलेको पछिल्लो राजनीतिले देखाउन खोजेको संकेत के होला ? यी र यस्तै विषयमा आधारित भएर नेकपा (क्रान्तिकारी) माओवादीका नेता सीपी गजुरेलसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

अहिले जसरी सरकार बन्यो यो परिणामलाई कसरी हेर्नु भएको छ ?
यो निर्वाचनको परिणाम जसरी आयो त्यो संसदीय पार्टीको सफलता होइन असफलता हो। आम जनताले पाँच वटा दलको गठबन्धनले धेरै मत ल्याउने अनुमान गरेका थिए। यो गठबन्धनमा प्रचण्डले रुखलाई र देउवाले हँसिया हथौडालाई भोट मागेको दृश्य देखियो। अहिले पदको कारणले गर्दा त्यो गठबन्धन मिनेट भरमा नै असफल भयो। नयाँ दलहरू चमत्कार गर्दै चुनाव जितेर आए। जनताहरूको पुराना पार्टी र नेताको जुन आक्रोश साथ त्यो मेट्न नयाँ दलहरू आए। प्रधानमन्त्री पदमा यो फुट भयो र त्यो पनि पहिला कसले पाउने भन्नेमा मिनेट भरमा प्रचण्ड खोइरो खनेका केपी ओलीको खुट्टा ढोगेर गए। अहिले बनेको यो गठबन्धन अस्थिर हो।

अब प्रचण्डले नेतृत्व समाल्दा खुसी हुने कि दुःखी ?
हामीबाट त अब पहिला नै उहाँ अलग भइसक्नु भएको हो। उहाँहरूको पार्टीको नाम नै माओवादी केन्द्र राख्नु भएको छ। प्रचण्ड नायकबाट खलनायक भए। गठबन्धन नभएको भए माओवादीको सिट मात्र जित्ने थियो।

गठबन्धनलाई विश्वासिलो बनाउन के गर्नुपर्ला ?
यो संविधान अनुसार संसदीय पार्टीको बहुमत आउँदैन। संविधान निर्माणको स्वामित्व कसैले लिएकै छैन। संसदीय व्यवस्था नै नेपालको लागि हितकर छैन। यो व्यवस्थाले समाधान नै दिँदैन। मुख्य कमजोरी व्यवस्थामा नै छ।

यो व्यवस्थाको विकल्प के हो त ?
नेपालमा जनगणतन्त्रको सुरुवात हुनुपर्दछ भनेर जनयुद्ध भयो। त्यो जनगणतन्त्र आएर यो समस्या आयो । प्रचण्डले जनगणतन्त्रको एजेन्डा बदलेर जानुभयो। क्रान्ति अधुरो भयो। नेपालमा संसदीय पार्टीले भाग बाँडेर जनताले आश देखाए तर परिवर्तन हुन सकेन।

जनगणतन्त्रको नारा अब पनि उचालेर के गर्नु हुन्छ ?
क्रान्तिप्रति धोका भएको छ। पहिला जनयुद्धकालमा जसरी विकास भयो त्यसरी अब हुँदैन। जनताले अब तपाईँले भने जस्तो प्रचण्डले पनि भन्थे र त्यो क्रान्ति सफल भएन। जनताहरूले प्रति प्रश्न गर्न थाले। जनगणतन्त्र आउनु भन्दा अगाडिको व्यवस्था राम्रो भएको र जनता सन्तुष्ट भएको भए राम्रो हुन्थ्यो। अहिले हामी तीन पार्टीबीच एकता गर्ने भनेर भनेका छौँ। त्यसमा हाम्रो, पहिला विप्लवसहितको नेकपा धर्मेन्द्र बास्तोलाको र मोहन विक्रमको मोटो मसालसँग हाम्रो एकता हुने तयारी हुँदैछ। घण्टीले जित्नुको अगाडि पश्चिमको पनि हात छ। पश्चिमाले यसमा मत हाल्नु है भन्ने भयो। अहिले माओवादी केन्द्र र उनीहरु झन्डै नजिक भएका छन्। किनभने उनीहरूले जुन नारा लिएका छन्। त्यो आधारमा अगाडि आए।

माओवादी अझ कमजोर हुँदै जाला ?
तथ्यांक हेर्दा माओवादी ओरालो लागेको देखिन्छ। केही मत अरू गठबन्धन भएर आएको हो। माओवादीको गठबन्धन नभएको भए यथार्थ थाहा हुन्थ्यो।

माओवादीले अहिले लिएको नीति र विचार सुहाउँदो भएन। त्यसलाई तपाईंहरू कसरी जोगाउनु हुन्छ ?
हामी एउटै पार्टीले मात्र विकास गरेर सम्भव हुँदैन। किनभने जनताले विश्वास गर्न गार्हो छ। एक दशक भन्दा बढी समय हाम्रा प्रयास गर्दा नै बित्यो। अब अहिलेको परिस्थितिलाई सुहाउँदो नारा आवश्यक छ।

युवालाई अकर्षण गर्न असफल हुनु भएको हो ?
यहाँ भएको बेरोजगारी समस्या समाधान गर्‍यो भने त्यो युवाको आकर्षण हो। युवाको विदेश पलायनलाई रोक्नुपर्छ। जनयुद्धमा युवा यो सही हो भनेर हिँडेका थिए। तर, बन्दुक बोकेर र जंगल पसेर केही भएन भनेर युवा विदेश गएका छन्। विदेश पुगेपछि फर्किने संख्या कम छ। अब विदेश पुगेका युवा फर्किने र रोजगारीको लागि संर्घष गर्न थाल्छन्।

प्रचण्डले अब भाषण कम गर्ने काम बढी गर्ने भन्नुभएको छ नि ?
त्यो बकवास हो। उनले गरेर मात्र हुँदैन। उनलाई विकास गर्न मन होला। तर उनलाई त्यो वातावरण नै छैन। बाहिरी शक्तिहरू धेरै चलायमान छन्। आफ्नै विवेक र बुद्धिले गरेर यहाँ कोही प्रधानमन्त्री हुँदैन।

अहिले पश्चिमा शक्तिको पराजय भयो र उत्तर र दक्षिणको शक्ति चल्यो भन्छन् के त्यही हो ?
सरकार बनेपछि उनीहरूलाई सरकारलाई माध्यम बनाएर प्रवेश गर्न सजिलो भयो। सरकारले एमसीसीलाई पछाडि धकेल्न सक्दैन। त्यसको माध्यमबाट धेरै कुरामा प्रवेश गर्ने उसको योजना छ।

के कारणले यो गठबन्धन निर्माण भएको छ। अन्ततः यो अग्रगामी नभएर पश्चगामी भयो ?
यो पश्चगामी नै हो। किनभने प्रचण्डले सबै भन्दा ठूलो संघीयता, धर्मनिरपेक्षता भनेका थिए। तर अहिले अरूसँग सहकार्य गरेका छन्। उनीहरूको केही मिल्दैन। त्यसैले प्रचण्डको दाउ भनेको अहिले विश्वासको मत लिएर दुई वर्ष सरकारको नेतृत्व गर्ने मात्र हो।

यो गठबन्धनको उद्देश्य, विदेशी शक्तिको उद्देश्य के होला ?
अमेरिकाको उद्देश्य भनेको नेपाललाई नव उपनिवेश बनाउने, नेपालमा बसेर चीनविरुद्ध लडाइँ गर्ने योजना बनाएको छ। उसले यो लुकाएको पनि छैन। चीनको उद्देश्य भनेको यहाँबाट अमेरिका हटे हुन्थ्यो भन्ने छ। भारतले भूमिगत अतिक्रमण नै छ। जमिनमा हस्तक्षेप धेरै छ। राजनीतिक दलको मन्त्री बन्नु र सरकारमा जानु हो। (एभिन्युजसँगको सहकार्यमा तयार पारिएको अन्तरवार्ता
– प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  २ : ०४ बजे

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन