लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु « Khabarhub

लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन् ।

उनलाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले जिम्मेवारी दिएका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरूले शपथ लिएको भोलिपल्ट प्रदेशसभाको अधिवेशन आह्वान गरिएको हो ।

यो अधिवेशनमा सोमबार दुई वटा बैठक बस्ने कार्यसूची छन् । प्रदेशसभा सचिव दुर्लभ कुमार पुनका अनुसार पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाएका छन् भने प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकलाई सम्बोधन गरेका छन्  ।

उनको संविधानसँगै आधा घण्टाका लागि बैठक स्थगित भएको छ।  दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गर्न प्रस्ताव गर्ने कार्यसूची रहेको सचिव दुर्लभ कुमार पुनले बताए ।

बैठकमा राजनीतिक दलहरूको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने छन् । लुम्बिनी प्रदेश सभामा यस पटक १० दलको प्रतिनिधित्व रहेको छ । अधिवेशन सुरु भएपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ । आजको अधिवेशनसँगै सरकार गठनको प्रक्रिया पनि सुरु भएको छ । अहिलेसम्म माओवादीबाहेक सबै दलले दलको नेता छानिसकेका छन् । सरकार गठनका लागि एमाले, माओवादी, नागरिक उन्मुक्ति, राप्रपा, जसपा, जनमतसहित केन्द्रमा सत्ता गठबन्धनमा रहेका ६ दल यहाँ पनि रहेका छन् ।

८७ सदस्य प्रदेश सभामा यी दलको सांसद संख्या ५२ रहेको छ । प्रदेशको नेतृत्वका लागि एमाले र माओवादीले दाबी गरे पनि एमालेले नै पाउने सम्भावना बढी रहेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  २ : १८ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा