खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ  « Khabarhub

खनालको प्रस्ताव- वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिन्छ 


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादी नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारमा सहभागी हुने शर्त अघि सारेका छन् । सोमबार बसेको पार्टीको पोलिट्ब्युरो बैठकमा लिखित प्रस्ताव राख्दै नेता खनालले वामपन्थी दलहरूबीच कार्यगत एकता भए सरकारमा जान सकिने बताएका हुन् । 

तत्काल पार्टी एकता हुन सक्ने अवस्था नरहेकाले वामपन्थी दलहरूबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने खनालको प्रस्तावमा उल्लेख छ । आ-आफ्ना दृष्टिकोण, विचार नीति र सिद्धान्त रहेका वामपन्थीलाई अहिले मिलाउन र एकरूपता कायम गर्न नसकिने भन्दै उनले साझा सवालमा कार्यगत एकता गर्नुको कुनै विकल्प नरहेको बताए । 

एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक बसिरहेको छ । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  २ : २६ बजे

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई