आँखाको शल्यक्रिया अब गाउँमै, स्थानीय खुसी « Khabarhub

आँखाको शल्यक्रिया अब गाउँमै, स्थानीय खुसी


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

टक्सार– आर्थिक अवस्थाका कारण ग्रामीण क्षेत्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा गएर उपचार गराउन समस्या हुने गरेको छ । गाउँघरमा नै सञ्चालन हुने शिविर उनीहरूका लागि वरदान सावित हुने गरेको छ । भोजपुरको दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालङखामा नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रले दुई दिने आँखा जाँच तथा शल्यक्रिया शिविर सञ्चालन गर्‍यो । सो शिविरमा ४२ जनाले आँखाको शल्यक्रिया गराए । उनीहरूले वर्षौँदेखिको समस्या गाउँमै समाधान भएकामा खुसीसमेत व्यक्त गरे । चौरासी वर्षीया पवित्रा विष्टले आँखामा देखिएको समस्या समाधानका लागि शल्यक्रिया गराए।

गाउँमै उपचार पाएपछि उनले भने, ‘धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइन, तर अहिले गाउँमै उपचार पाएर स्पष्ट आँखा देख्ने भएको छु ।’ उनी मात्र होइन सोही शिविरमा स्थानीय ८६ वर्षका रामबहादुर विकले पनि शल्यक्रिया गराए। उनी पनि वृद्ध उमेरमा आँखा स्पष्ट देख्न पाएकामा खुसी छन् ।

ग्रामीण भेगमा बसोबास गर्ने नागरिक सामान्य आँखा जाँच गर्ने सुविधासमेत नहुँदा वर्षौँदेखि सास्ती खेप्न बाध्य छन् । आँखामा समस्या आए पनि कतिपयले त अन्यत्र अस्पतालमा जान झन्झट र आर्थिक समस्याले रोगसँग लडिरहने गरेको नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रका प्रमुख विजय तामाङले बताए।

आमचोकका ८२ वर्षीय गोरमान राई आँखामा समस्या हुँदाहुँदै पनि अस्पताल आउनजान र आर्थिक अभावले समस्यासँग जुँधिरहेका थिए तर शिविर नै गाउँमा आएपछि स्पष्ट आँखा देख्ने भएका छन् । गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, बालबालिकालाई ठूलो राहत मिलेको छ । ‘गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, विपन्नको बसोबास हुन्छ, उनीहरूलाई स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ’, सङ्घका संस्थापक जिल्ला सभापति तेज मोक्तानले भने ।

नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै पालिकासँग समन्वय गरी आँखा शिविर सञ्चालन हुँदै आएको मोक्तानले जानकारी दिए । दक्षिण आमचोक गाउँपालिकाको केन्द्र बालखामा सञ्चालन भएको दुईदिने आँखा शिविरमा चार सयले उपचार पाएका छन् । 

दातृ संस्था सिविएमको सहयोग तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा सुमित मिश्र लगायतको टोलीले शल्यक्र्रिया गरेको थियो । शिविर हतुवागढी गाउँपालिकाको केन्द्र घोरेटारमा पनि आजदेखि सुरु भएको छ । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ५ : ०५ बजे

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कांग्रेसको १५औं महाधिवेशनपछि यस्तो देखियो खुलामञ्चको घाँसे मैदान (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन आयोजना गरिएको खुलामञ्चको घाँसे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४