सवारी ज्यान मुद्दाका फरार ३५ वर्षपछि पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार ३५ वर्षपछि पक्राउ


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीले ज्यान मार्ने मुद्दामा फरार चन्द्रागिरिका एक व्यक्तिलाई ३५ वर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०४४ वैशाख ८ गते सवारी ज्यान मुद्दामा अदालतबाट तीन हजार ५० जरिवाना तोकेपछि फरार रहेका चन्द्रागिरि नगरपालिका-१५ तीनथानाका ६० वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

काठमाडौँ प्रहरीले आइतबार मात्र ज्यान मार्ने उद्योग, जालसाँजी, बाल यौन दुरुपयोग, चेक अनादर, बैंकिङ कसुर, सवारी ज्यान, जुवा, लेनदेन बिगो र आफूलाई फाइदा बैंकलाई हानी पुर्‍याउनेलगायतका कसुर मुद्दामा २६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मुद्दामा अदालतबाट जरिवाना र कैद ठहर भएपछि फरार रहेका २६ जनालाई एकैदिन पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौँ पेश गरिएको प्रवक्ता मैनालीले बताए । यस्तै प्रहरीले गत पुस १२ देखि १७ गतेसम्म अदालतबाट विभिन्न मितिमा फैसला भई कैद र सजाय सुनाइएका ६५ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ०० बजे

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)

‘भारतसँगको सम्बन्धलाई नयाँ शिराबाट अघि बढाउनुपर्छ’

काठमाडौँ– नेपालबाट भारततर्फ धमाधम उच्चस्तरीय भ्रमणहरु भइरहेका छन् । सोमबार