युक्रेनी सेनाको आक्रमणबाट ६३ जना रुसी सैनिकको मृत्यु « Khabarhub

युक्रेनी सेनाको आक्रमणबाट ६३ जना रुसी सैनिकको मृत्यु


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको छ ।

युक्रेनको सेनाले आक्रमणको दाबी नगरी मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा भएको आक्रमणमा परी कैयौँ रूसी सेैनिकको मृत्यु भएको जनाएको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “एउटा अस्थायी शिविरमा उच्च विष्फोटक हतियारले भरिएको चार वटा क्षेप्यास्त्रले आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको छ ।”

रूसी रक्षा मन्त्रालयले भनेको छ, “मृतक सैनिकका आफन्त र प्रियजनलाई आवश्यक सबै सहयोग गराइनेछ ।” युक्रेनको रक्षा मन्त्रालयले आक्रमण कहिले भएको हो भन्नेबारे केही बताएको छैन तर युक्रेनी सेनाले नयाँ वर्षको शुरूमा रूसी सेनाको खतरा बढिरहेका बेला आक्रमण गरेको अनुमान गरिएको छ ।

यो वक्तव्य युक्रेनमा रूसी क्षतिको अत्यन्त दुर्लभ घोषणा हो । क्रेमलिनका आलोचकहरूले रूसी अधिकारीहरूले युक्रेनको युद्धभूमिमा भएको क्षतिलाई कम महत्व दिएको आरोप लगाएका छन् ।

रूसी सैन्य ब्लगरहरूले माकिभकामा भएको आक्रमणका कारण सयौं सैनिकको मृत्यु भएको हुनसक्ने बताएका छन् ।

रूसका पूर्व पृथकतावादी नेता इगोर स्ट्रेलकोभले जनवरी १ (डिसेम्बर ३१ मा स्थानीय समयअनुसार २३ः०० बजे) राति १ बजेतिर आक्रमणबारे आफूले रिपोर्ट प्राप्त गरेको बताएका छन् । उनले सयौंको मृत्यु भएको र घाइते भएको बताउँदै युक्रेनी सेनाले रूसी सेना राखिएको स्थानमा आक्रमण गरेको बताए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : १७ बजे

संसद्‍मा हर्कको टिप्पणी : बोल्नकै लागि पनि आन्दोलन गर्नुपर्ने भयो

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधि सभामा आफ्ना

पोखराको पर्यटन प्रवर्द्धन गरिँदै

गण्डकी– गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कलकताका पर्यटन

वैशाखयता विपद्का घटनामा ९० जनाको मृत्यु, ५ सय बढी घाइते

काठमाडौं- चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको

नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व

रास्वपाको नियतमाथि विपक्षीको शङ्कैशङ्का

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको