एसको पोलिटब्यूरो बैठक : सरकारमा सहभागी हुने विषयमा छलफल « Khabarhub

एसको पोलिटब्यूरो बैठक : सरकारमा सहभागी हुने विषयमा छलफल


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठक भोलि ११ बजेसम्म स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले भोलिसम्मका लागि स्थगित गरिएको हो ।

वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, सरकारमा पार्टीको सहभागिताका विषयमा केन्द्रित गरिएको छलफलमा ३० नेताले बोलेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ । बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखेका छन् । उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिए ।

शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको थियो । भोलि बस्ने बैठकले सो विषयमा निर्णय गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : २८ बजे

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

सियोल– दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,