गुरुकुल शिक्षाले अनुशासित बनाउँछ : शेखर कोइराला « Khabarhub

गुरुकुल शिक्षाले अनुशासित बनाउँछ : शेखर कोइराला


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् ।

विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राखे ।

प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले बुझ्न नसकेको बताए । उनले नेपाली भाषाको पनि मातृभाषाका रूपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्त्वका साथ राज्यले हेर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएकोमा चिन्ता व्यक्त गर्दै संस्कृत भाषालाई माध्यमिक तहसम्म अध्ययन गराउन पहल गर्ने बताए । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको धारणा राखे ।

प्रा माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा गुरुप्रसाद सुवेदी, डा वासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा राज्यको दायित्व भएको विचार राखे । संस्कृत भाषासम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पीठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ४१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा