गुरुकुल शिक्षाले अनुशासित बनाउँछ : शेखर कोइराला « Khabarhub

गुरुकुल शिक्षाले अनुशासित बनाउँछ : शेखर कोइराला


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुरुकुल शिक्षाले मानिसलाई अनुशासित बनाउने बताएका छन् ।

विराटनगर–१२ स्थित लक्ष्मीनारायण मन्दिरमा आजदेखि सञ्चालित संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले गुरुकुल शिक्षाले मानिसलाई ज्ञानसँगै अनुशासित हुन र गृहस्थ जीवन कसरी चलाउने भनेर ज्ञानसमेत दिने विचार राखे ।

प्रतिनिधिसभा सदस्य कोइरालाले गुरुकुल शिक्षाको महत्त्व राज्यले बुझ्न नसकेको बताए । उनले नेपाली भाषाको पनि मातृभाषाका रूपमा रहेको संस्कृत शिक्षालाई उच्च महत्त्वका साथ राज्यले हेर्नुपर्नेमा जोड दिए ।

प्रदेशसभा सदस्य भीम पराजुलीले आधुनिक शिक्षाका नाममा संस्कृत भाषा मास्ने काम भएकोमा चिन्ता व्यक्त गर्दै संस्कृत भाषालाई माध्यमिक तहसम्म अध्ययन गराउन पहल गर्ने बताए । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले संस्कृत भाषाको संरक्षण र संवर्द्धनमा तीनै तहको सरकारको सहकार्य आवश्यक रहेको धारणा राखे ।

प्रा माधव अधिकारी, भारतीय शिक्षण मण्डलका दीपक कोइराला, संस्कृत भाषाका ज्ञाता डा गुरुप्रसाद सुवेदी, डा वासुदेव शास्त्रीलगायतले संस्कृत भाषाको संरक्षण र प्रवर्द्धनमा राज्यको दायित्व भएको विचार राखे । संस्कृत भाषासम्बन्धी तालिम पुस २१ गतेसम्म सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पीठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ८ : ४१ बजे

स्थानीय निर्वाचनअघि कांग्रेसको १५औँ महाधिवेशन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय र प्रदेशसभा

इलाम- २ मा एमालेको गढ भत्काउने दाउमा कांग्रेस

काठमाडौं- दुई निर्वाचन क्षेत्र रहेको इलामलाई यस पटक विशेष चासोसाथ

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक