लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बुटवल – प्रदेशसभाको पहिलो बैठकले लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव सदनले पारित गरेको हो ।

नियमावली पारित भएसँगै अब यही नियमावलीका आधारमा प्रदेशसभाले आफ्ना गतिविधि अघि बढाउनेछ । यसअघि प्रदेश नं ५ नियमावली, २०७४ थियो । तर त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको हो ।

लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ । पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि अध्यक्षता ग्रहण गरेका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले तेस्रो बैठकको मिति माघ ३ गते तोकेका हुन् । अब सभामुख र उपसभामुख चयनका लागि प्रदेशसभामा बाटो खुलेको छ ।

पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी व्यवस्था छ । सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

संविधानको धारा, १८२ ले व्यवस्था गरेको अवधिभित्र सभामुखको निर्वाचन हुने उल्लेख छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ३५ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय