कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’ « Khabarhub

कर्णाली प्रदेशसभाको पहिलो बैठक : ‘गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता’


१८ पुस २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यहरूले कर्णालीको गरिबी, भोक र रोगविरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले जुनसुकै राजनीतिक दलबाट जितेर आए पनि यहाँको गरिबी, भोक, रोग र अशिक्षाविरुद्ध एक भएर अगाडि बढ्नुपर्ने जोड दिएका हुन् ।

बैठकमा नेपाली कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा दल वा सरकारविरुद्ध नभई निर्वाचित सबै जनप्रतिनिधिहरूले सबै खाले चुनौतीसँग जुध्नु आजको आवश्यकता रहेको जनाए ।

प्रदेश निर्माणमा अरूलाई दोष दिने छुट नभएकाले विधायकहरूले राम्रो ऐन, कानून बनाउनुपर्नेमा जोड दिँदै उनले जननिर्वाचित ज्येष्ठ सदस्यसहित सबै प्रदेशसभा सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले गएको कार्यकालले जग बसालिसकेकाले यो कार्यकाललाई अझ बढी परिणाममुखी र सुदृढ गरेर लैजान एकमत हुनुपर्ने बताए । कर्णालीमा विकास गर्नेभन्दा खाने मनोविज्ञान भएकाले अब सही सन्देश दिनुपर्ने भन्दै नवनिर्वाचित प्रदेशसभा सदस्यलाई बधाई तथा मतदातालाई धन्यवाद ज्ञापन गरे ।

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका नेता राजकुमार शर्माले जनताप्रति जवाफदेही भएर जनयुद्ध, जनआन्दोलन र विभिन्न कालखण्डको परिवर्तनबाट आएको व्यवस्थाको संरक्षण आजको नेतृत्वले गर्नुपर्ने बताए । गरिबीविरुद्ध लड्न साझा अवधारणा आवश्यक भएको बताए उनले जनताको अभिमत र अमूल्य योगदानबाट आज यो व्यवस्थामा निर्वाचित हुन सकिएको भन्दै मतदातालाई धन्यवाद र प्रदेशसभा सदस्यहरूलाई बधाई ज्ञापन गरे ।

राप्रपा नेपालका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाही, नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य कल्याणी खड्का र स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्र शाहीले कर्णाली प्रदेशको शान्ति, विकास र समृद्धिका लागि समन्वय, सहकार्य र ऐक्यबद्धता आवश्यक भएको बताएका थिए ।

ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभा सञ्चालनका क्रममा कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ११ को उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्रयोजनका लागि हिक्मत विष्ट, भीमप्रकाश शर्मा र जितबहादुर मल्ललाई मनोनयनको प्रस्ताव गरे । सो प्रस्ताव प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको थियो । प्रदेशसभाको अर्को बैठक यही पुस २५ गते दिउसो १ बजे बस्नेछ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ५० बजे

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि

पश्चिम बंगालको प्रारम्भिक रुझानमा भाजपा बहुमततर्फ, पछ्याउँदै टीएमसी, भवानीपुरबाट ममताको अग्रता

कोलकाता- नेपालको पूर्वी सीमासँग जोडिएको भारतको पश्चिम बंगाल राज्यका २९३

पोखराका सुकुम्बासी त्रसित: वैकल्पिक व्यवस्था नभएसम्म बस्ती नछाड्ने अडान (फोटो फिचर)

पोखरा – काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्न थालेपछि पोखराका सुकुम्बासीहरू

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै