हाया कार्डधारीले अझै एक वर्ष कतार आउजाउ गर्न पाउने « Khabarhub

हाया कार्डधारीले अझै एक वर्ष कतार आउजाउ गर्न पाउने


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार विश्वकप २०२२ को समयमा हाया कार्ड लिएकाहरूले अर्को बर्ष २०२४ जनवरीसम्म निःशुल्क कतार आउजाउ गर्न पाउने भएका छन्।

फिफा विश्वकप फुटबलको समयमा विदेशी नागरिकलाई कतार प्रवेश गर्न प्रदान गरिएको हाया कार्डको अवधि बढाइएको हो। गत बर्ष २० नोम्बेम्बरदेखि १८ डिसेम्बरसम्म कतारमा भएका विश्वकप अवधिभरका लागि जारी गरिएको हाया कार्डको वैधताको अवधि २०२४ जनवरीसम्म कायम गरिएको  कतारको आन्तरिक मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विश्वकपको समयमा लिएको हाया कार्ड भनेको कतारको भिसा (प्रवेश अनुमति पत्र) हो। यो कार्ड भएकाहरूलाई होटेल तथा बस्ने खाने व्यवस्था गरेको प्रमाण साथमा हुनुपर्छ । त्यसैगरी परिवारका सदस्य वा साथी लैजान परेमा भने त्यसको जानकारी कतारको सम्बन्धित निकायलाई गराउन पर्नेछ।

हाया कार्ड हुनेहरूको राहदानीको अवधि दिन महिनाभन्दा बढीको हुनु पर्छ भने कतार बस्दासम्मका लागि जीवन बिमा गरेको हुनुपर्छ। साथमा स्वदेश फर्कने टिकट पनि हुनुपर्छ। हाया कार्ड भएकाहरूले तीन जनासम्म परिवारका सदस्यहरूलाई कतार घुम्न बोलाउन सक्नेछन्।

यसैगरी, फेब्रुअरी १ देखि भिजिट भिसामा कतार आउँदा अनिवार्य रुपमा स्वास्थ्य बिमा गर्नुपर्ने भएको छ। कतार सरकारले अनिवार्य गरेको स्वास्थ्य बिमाको नयाँ नियम अनुसार कतार आउनुअघि सरकारले मान्यता दिएको एजेन्सीमार्फत बिमा गर्नुपर्ने जनाएको छ।

स्वास्थ्य बिमाको शुल्क ५० कतारी रियाल तोकिएको छ। भिजिट भिसाको क्रममा रहेका पर्यटकले कतार बसाइको समयमा आवश्यक परेमा निशुल्क उपचार पाउने व्यवस्था गरिएको छ भने भिसाको अवधि बढाएर बस्दा प्रति महिना ५० रियालको बिमा गर्नुपर्ने बताइएको छ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  ६ : ५६ बजे

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको

उत्पीडित समुदायको अधिकारका लागि अझै सङ्घर्स गर्नुपर्नेछ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।