किसान समूहलाई कृषि उपकरण वितरण  « Khabarhub

किसान समूहलाई कृषि उपकरण वितरण 


१९ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ खोटाङले कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई कृषि यान्त्रिकरण उपकरण वितरण गरेको छ । कृषिमा यान्त्रिकरणका लागि कार्यालयले ५० प्रतिशत अनुदानमा कृषि सहकारी, कृषि फर्म र किसान समूहलाई ११ हाते ट्रयाक्टर, तीन कम्बाईन मिल, एक थान कर्नसेलर, एक थान मल्टिक्रप थ्रेसर, दुई थान कोदो चुट्ने थ्रेसर दुई थान च्याफकटर प्रदान गरेको हो । 

परियोजना कार्यान्वयन इकाइ कार्यालय खोटाङले हाम्रा साना किसान सहकारी संस्थालाई दुई थान हाते ट्र्याक्टर, सूर्योद्धय कृषि सहकारी संस्था लिमिटेडलाई एक थान हाते ट्र्याक्टर, केउरेनी किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, सिर्जनशील किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, शिवालय बहुउद्देश्यीय कृषि तथा पशुफर्म, राजापानीलाई एक थान हाते ट्र्याक्टर, नवज्योति किसान समूह, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, आस्ना नमुना कृषि तथा पशु फार्म, दिक्तेललाई एक थान हाते ट्र्याक्टर, सम्पूर्ण बहुउद्देश्यीय कृषि तथा पशु फार्म, लफ्याङलाई एक थान हाते ट्र्याक्टर, निर्मला बहुउद्देश्यीय कृषि तथा पशु फार्म, राजापानीलाई एक थान हाते ट्र्याक्टर, घिमिरे टनेल कृषि फार्म, खोल्लेलाई एक थान हाते ट्र्याक्टर र समावेसी कृषि तथा पशुपक्षी फर्म, नेर्पालाई एक थान हाते ट्र्याक्टर वितरण गरेको छ ।

यस्तै, सिर्जनशील बाख्रा फार्म दोर्पाचिउरीडाँडालाई एक थान कम्बाइन मिल, सुजाता बहुउद्देश्यीय कृषि तथा पशु फार्म, निर्मलीडाँडालाई एक थान कम्बाइन मिल र एक थान च्याफकटर, रामपुर अर्गानिक कृषि फार्म, नेर्पालाई एक थान कम्बाइन मिल वितरण गरिएको छ । कोपिला कृषि तथा पशुपक्षी फार्म, नेर्पालाई एक थान मल्टिक्रप थ्रेसर, मालिमारे बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फर्म, विजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर, मनमाया बहुउद्देश्यीय कृषि तथा पशु फार्म, विजयखर्कलाई कोदो चुट्ने एक थान थ्रेसर, कविराज बहुउद्देश्यीय कृषि तथा पशु फर्म, विजयखर्कलाई एक थान कर्नसेलर र ट्याम्के सिद्धकाली बाख्रा फार्म, बाँझेच्यानडाँडालाई एक थान च्याफकटर प्रदान गरिएको छ ।

कृषि यान्त्रिकरण उपकरण वितरणका लागि चालु आर्थिक वर्ष विनियोजित रु २५ लाखमध्ये किसानको सहित १३ लाख २४ हजारको कृषि यान्त्रिकरण उपकरण खरिद गरेर वितरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङका नायब सुब्बा ध्रुवकुमार कार्कीले जानकारी दिए । दिक्तेलमा बुधबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले कृषि सहकारी, कृषि फर्म र कृषक समूहका प्रतिनिधि एवम् किसानलाई कृषि यान्त्रिकरण उपकरण हस्तान्तरण गरेका हुन् ।

विनियोजित रकममध्ये बाँकी रहेको रकमको कृषि उपकरण क्रमशः वितरण गर्ने योजना बनाइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई खोटाङले जनाएको छ । परियोजना कार्यान्वयन इकाई खोटाङले जिल्लामा तरकारी र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङमा आर्थिक वर्ष २०७२-७३ बाट सञ्चालन हुँदै आएको छ । परियोजनामार्फत जिल्लामा साना व्यावसायिक कृषि उत्पादन केन्द्र, व्यावसायिक कृषि उत्पादन केन्द्र  र व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहीबार  १ : ३२ बजे

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि

मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक : खोज, उद्धार तथा राहत व्यवस्थापनमा उच्च प्राथमिकतामा काम गर्न निर्देशन

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको मनसुन