हात्तीको आक्रमणबाट बारामा अर्का एक जनाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट बारामा अर्का एक जनाको मृत्यु


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको जीतपुरसिमरा १६ टांगियाबस्तीमा बुधवार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सन्तबहादुर दर्लामीको ४५ वर्षीय छोरा जापाङ दर्लामी रहेका छन्।

दर्लामीलाई जंगल जाने क्रममा गाउँ नजिकै हात्तीले आक्रमण गरेको र घटनास्थलमै उनको मृत्यु भएको वडाध्यक्ष हरिदेव खरेलले जानकारी दिएका छन्।

जंगली हात्तीको आक्रमणबाट दर्लामीको मृत्यु भएपछि स्थानीय आतंकित बनेका छन्। स्थानीय रमेश सापकोटाका अनुसार दर्लामीलाई आक्रमण गर्ने हात्ती बस्ती वरपर घुमिरहेको छ।

हात्ती बस्तीमा आउने क्रम नरोकिएपछि स्थानीयहरु भाग्न थालेको र साँझसम्म त्रासको स्थिति रहेको सापकोटाले सुनाएका थिए।

हात्तीको बथानबाट छुटिएर हिँडेको एक्लो हात्तीको आक्रमण पटक पटक हुँदै आएको छ।

घर नजिकैको जङ्गलमा गाई बस्तुका लागि सोत्तर पतकर लिन गएका समय आक्रमणमा परेको निजगढ इलाका प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक संजिब ओलीले बताए।

केही दिन अघि मात्र जीतपुरसिमरा २१ अम्मेखगञ्जकी ५१ वर्षिया रुकैदा खातुनको मृत्यु भएको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ८ : ३२ बजे

इन्टरपोल दिवस : बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला

काठमाडौं – रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं – रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित परिवारको

सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी रहन्छ’ : प्रधानमन्त्री शाह

काठमाडौं – भदौ १० गते आएको भीषण बाढीपछि रसुवा र

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको