भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : ८ वर्षमा ५९ प्रतिशत | Khabarhub Khabarhub

भेरी–बबई ‘डाइभर्सन’को भौतिक प्रगति : ८ वर्षमा ५९ प्रतिशत


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –  निर्माण सुरु भएको आठ वर्ष बित्दा राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। वित्तीय प्रगति ४३ प्रतिशत भएको आयोजनाले बताएको छ।

टनेल बोरिङ मेसिन प्रविधिको नेपालमा पहिलोपटक सुरु गरी  निर्माण कार्य सुरु भएको आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाका करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ गराउनुका साथै ४६ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ।

चिनिया कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालिले १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण गरिसकेको छ। तोकिएको समय भन्दा एक वर्ष अगावै टनेल बोरिङ मेसिनको सहायताले सुरुङ निर्माण भइसकेको हो।

चिनिया कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९-०८० मा काम सम्पन्न गर्नेगरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएर पावरहाउस तथा सर्ज साफ्ट, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम चलिरहेको छ। बाँध र विद्युत् उत्पादन गृह निर्माणका काम सञ्चालनमा छन्।

सबै चालु आर्थिक वर्षको असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश भएको भए पनि यी काम सम्पन्न गर्न थप दुई वर्ष लाग्ने अनुमान छ। आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाखमध्ये हालसम्म १५ अर्ब ६८ करोड ९६ लाख रुपैयाँ खर्च भएको आयोजनाले बताएको छ। सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी बबईको वातावरणीय प्रभाव मूल्यांकन गरी भेरी नदीको पानी बबईमा खसाली जलविद्युत तथा सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।

सुर्खेतको भेरीगंगा नगरपालिका ११ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गर्न हुँदैछ। ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो रहने बताएको छ। १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका ५ हात्तीखालमा भेरीको पानी बबई नदीमा मिसाइने छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ९ : ३७ बजे

प्रधानमन्त्री र ओलीलाई सभामुखले सुझाव : भोलि ११ बजे अघि नै सहमतिमा पुग्नुहोस्

काठकाडौं– प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीलाई दिए सभामुख देवराज घिमिरेले

उद्योगी व्यवसायीको पक्षमा नीतिगत सुधारको अभियानमा छु : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धाराशयी अवस्थाबाट गुज्रिरहेका

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर

हर्क साम्पाङलाई पूर्वजनप्रतिनिधिले पत्रको जवाफ नदिने

सुनसरी – धरान उपमहानगरपालिकाका निवर्तमान मेयर (नगर प्रमुख) तिलक राई

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !

काठमाडौं–  ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई