नेपालमा महिला सहभागिता गर्व लायक « Khabarhub

नेपालमा महिला सहभागिता गर्व लायक


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बनियानी– प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता गर्व लायक रहेको बताएकी छन् । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उनले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन्।

‘धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ’, उनले भनिन्, ‘नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पुर्‍याउनुपर्छ ।’

महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उनको भनाइ छ । हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताउँदै उनले बेथिति विरुद्ध ‘एक्सन’ मा उत्रिन जरुरी रहेको औँल्याइन् । उनले यौनिक, अपाङगता र भूगोलका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिइन्।

‘राजनीतिमा महिला पार्टीको ‘रबर स्टाम्प’ जस्तै भएका छन्’, उनले भनिन्, ‘राजनीतिक बेथितिका विरुद्ध लाग्न जरुरी छ ।’ उनले राजनीतिमा पार्टी र पार्टीको आकारअनुसार गरिने व्यवहारको अन्त्य गरिनुपर्नेमा जोड दिइन् । वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रमअन्तर्गत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष सङ्गीता गिरीले जानकारी दिइन् ।

वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरूको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक महिलालाई प्रत्येक वर्ष फरक-फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १ : ५८ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको