‘पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन्’ « Khabarhub

‘पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता हुन्’


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति पदका उम्मेदवार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै उनलाई विजयी बनाउन सबैलाई आह्वान गरेका छन् । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि आज यहाँ आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनले नेता पौडेलले नेपाली राजनीतिमा गरेको योगदानका बारेमा सबैलाई अवगत रहेको उल्लेख गरेका थिए। सभापति देउवाले भने , ‘नेता पौडेल राजनीतिमा दुःख गरेका सिनियर साथी हुनुहुन्छ, उहाँ लोकतन्त्रको खिलापमा आफू कहिल्यै पनि जानुहुन्न र अरुलाई पनि जान दिनुहुन्न ।’

नेता पौडेल सिद्धान्त र आदर्शको राजनीति गरेका नेता भएको र लोकतन्त्रको संवर्द्धन र राजनीतिक स्थायित्वमा उहाँको ठूलो योगदान रहेको बताउँदै सभापति देउवाले नेता पौडेललाई राष्ट्रपतिमा अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति मुलुकको अभिभावक भएको र राष्ट्रपतिबाट मुलुकको भौगोलिक अखण्डता, स्वाभिमान र जनहितको जगेर्नामा भूमिका र योगदान हुने बताए । उनले विगतमा राष्ट्रपतिको भूमिकाका सम्बन्धमा केही गुनासो आएको उल्लेख गर्दै पूर्वसभामुख पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि त्यस्तो गुनासो नआउने विश्वास व्यक्त गरे।

राष्ट्रपति पदका उम्मेदवार पौडेलले अहिलेको संविधानको व्यवस्थाका लागि आफूले छ दशक बढी समय अथक प्रयास गरेको र संविधानको शब्द र भावसँग आफू पूर्ण परिचित भएको बताउँदै राष्ट्रपतिको जिम्मेवारीमा आएपछि संविधानमा कुनै तलमाथि हुन नदिने प्रण गरे ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष अशोककुमार राई, नेता राजेन्द्र श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, खानेपानीमन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायतले सम्बोधन गर्दै आफ्नो पार्टीले राष्ट्रपतिमा पौडेललाई मतदान गरी विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ६ : २७ बजे

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र

जोमसोममा शालिग्राम शीला मूर्ति धार्मिक आस्थाको केन्द्र बन्दै

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालिगण्डकी नदीको तटमा रहेको ढुङ्गामा