व्यवसायीका समस्यामा सरकार गम्भीर बन्नु जरुरी | Khabarhub Khabarhub

व्यवसायीका समस्यामा सरकार गम्भीर बन्नु जरुरी


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यवसायका क्षेत्रमा देखिएको असरबारे सरकार गम्भीर बन्नुपर्नेमा पोखरामा आज आयोजित कार्यक्रममा जोड दिइएको छ । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताले कोभिडपछि व्यवसायीले भोग्नुपरेको चर्को व्याजदरलगायतका समस्याले व्यवसायीमा मर्कामा परेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले व्यावसायिक क्षेत्रमा देखिएको समस्यामा सरकारको ध्यान पुग्नुपर्ने बताए । व्यक्ति व्यक्तिलाई सम्पन्न बनाउने गरी लाग्नु जरुरी भएको बताउँदै उद्योग व्यवसाय र राजनीति दुवैलाई सफल बनाउने गरी सहकार्य गर्दै अघि बढ्नु जरुरी रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विद्यमान आर्थिक समस्याबारे सम्बद्ध पक्षबीच बहस हुनु जरुरी रहेको बताए । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले चर्को व्याजदरलगायतका समस्याले व्यवसायी गम्भीर समस्यामा रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष शिवशर्मा पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य अमृत भट्टचन, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका महासचिव ईश्वरप्रसाद कर्माचार्य लगायतले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ९ : १६ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली