व्यवसायीका समस्यामा सरकार गम्भीर बन्नु जरुरी « Khabarhub

व्यवसायीका समस्यामा सरकार गम्भीर बन्नु जरुरी


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – व्यवसायका क्षेत्रमा देखिएको असरबारे सरकार गम्भीर बन्नुपर्नेमा पोखरामा आज आयोजित कार्यक्रममा जोड दिइएको छ । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशको प्रथम स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमका वक्ताले कोभिडपछि व्यवसायीले भोग्नुपरेको चर्को व्याजदरलगायतका समस्याले व्यवसायीमा मर्कामा परेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले व्यावसायिक क्षेत्रमा देखिएको समस्यामा सरकारको ध्यान पुग्नुपर्ने बताए । व्यक्ति व्यक्तिलाई सम्पन्न बनाउने गरी लाग्नु जरुरी भएको बताउँदै उद्योग व्यवसाय र राजनीति दुवैलाई सफल बनाउने गरी सहकार्य गर्दै अघि बढ्नु जरुरी रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विद्यमान आर्थिक समस्याबारे सम्बद्ध पक्षबीच बहस हुनु जरुरी रहेको बताए । नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले चर्को व्याजदरलगायतका समस्याले व्यवसायी गम्भीर समस्यामा रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापति, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष शिवशर्मा पौडेल, नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय सदस्य अमृत भट्टचन, नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेशका महासचिव ईश्वरप्रसाद कर्माचार्य लगायतले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  ९ : १६ बजे

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ