भैरहवा भन्सारमा पार्किङ समस्या « Khabarhub

भैरहवा भन्सारमा पार्किङ समस्या


१८ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रुपन्देही – आयातकर्ताले आयात गरेका साना–ठूला सवारीसाधन समयमै जाँचपास प्रक्रियामा नलग्दा भैरहवा भन्सार कार्यालयको पार्किङस्थलमा समस्या सिर्जना भएको छ । नयाँ सवारीसाधनले यतिबेला भन्सारको एउटा यार्ड नै भरिएको भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए । “नयाँ सवारीसाधन आयातकर्ताले जाँचपासको प्रक्रियामा लगेका छैनन्, हामीले छिटो जाँचपास गराउन ताकेता गरेका छौँ ।”

बेलहियामा आइसिपीको निर्माण कार्य सुरु भएको छ । जसले गर्दा मालवाहक सवारीसाधन सडकमा राखेर जाँच गर्नुपर्ने बाध्यतासमेत सिर्जना भएको छ । एकातिर आइसिपीको निर्माण कार्यले पार्किङको समस्या गरिरहेको छ भने अर्कातिर आयातकर्ता समयमै भन्सार प्रक्रियामा सहभागी नहुँदा पार्किङमा थप समस्या भएको हो ।

आयातकर्ताले भन्सार जाँचपास गराएर सवारीसाधन समयै ननिकाल्दा भन्सार परिसर नयाँ गाडीले भरिभराउ देखिएको छ । अत्यधिक मात्रामा सवारीसाधन थन्किएपछि भन्सार परिसरमा पार्किङको समस्या भएको हो । यसबाट मालवाहक गाडी आवागमन र पार्किङमा समेत समस्या भइरहेको छ ।

भैरहवा भन्सारका सूचना अधिकृत उपेन्द्र लामिछानेले नयाँ गाडी थुप्रिएर पार्किङस्थलको अभाव हुँदा सडकमै सवारी पार्किङ गर्नुपर्ने अवस्था आएको र भन्सारले यसको व्यवस्थापनका लागि सम्बन्धित आयातकर्ता र भन्सार विभागसँग पनि छलफल अघि बढाएको बताए ।

गाडी बिक्री नभएका कारण देखाएर कम्पनी वा डिलरलाई पैसा दिनु नपर्ने, गाडी छुटाएर लैजाँदा लाग्ने राजस्वको ब्याज बच्ने जस्ता कारणले आयातकर्ताले बिक्री भइसकेपछि मात्रै गाडी भन्सार पार्किङबाट लैजाने प्रचलन छ ।

भन्सारमा पार्किङमा राखिएका सवारीसाधन छुटाएर लैजान भैरहवा भन्सार कार्यालयले यो नाकाबाट सवारीसाधन आयात गर्ने मुख्य आयातकर्ताका प्रतिनिधिसँग पटक–पटक आग्रहसमेत गरेको छ ।

कम्पनीका प्रतिनिधिले भने तत्काल सवारीसाधन जाँचपास गराएर लैजान सक्ने अवस्था नरहेको प्रतिक्रिया दिने गरेका छन् । आयातकर्ताले आर्थिक समस्या देखाउने गरेको अधिकृत लामिछानेले बताए ।

सवारीसाधन जाँचपास गराएर काठमाडौँमा भाडाको गोदाम राख्दा लाग्ने खर्च र त्यसका लागि तिर्नुपर्ने ब्याजभन्दा भन्सारमा पार्किङ शुल्क तिरेर राख्ने लागत निकै कम हुने भएकाले उनीहरूले यसो गरेको हुनसक्ने जानकारहरू बताउँछन् । सडकमा मालवाहक गाडी रोकेर जाँचपास गर्दा धेरै समस्या भइरहेको स्थानीयवासी अर्जुन गिरीले बताए ।

आयात वृद्धिका कारण विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै सरकारले १३ वैशाख २०७९ देखि नै ५० हजार डलरभन्दा महँगा डिजल तथा पेट्रोल गाडी आयातमा प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध सरकारले पछि हटायो । आयातकर्ताले प्रतिबन्ध लाग्नुपूर्व पुरानै एलसीबाट भारत तथा तेस्रो मुलुकबाट आयात गरेका सवारीसाधन ल्याएर पार्किङ गरिराखेका हुन् ।

भन्सार परिसरमा टाटा, इसुजु, न्यू होलेण्ड, इन्डो फार्मलगायतका कम्पनीका एक हजार दुई सय ३२ बस, कार, जिप र ट्र्याक्टर प्रज्ञापनपत्र जारी नगरी भन्सारमा रोकिएका छन् । एक सय ९३ दिन कटेका सात सय ७८ गाडी छन् भने एक वर्ष बढी भएका ८८ गाडी छन् । बाँकी भएका अधिकाशं गाडी ६० दिन कटेका छन् । त्यस्ता सवारीले दैनिक रु तीन सय ९० का दरले पार्किङ शुल्क बुझाउने गरेका छन् ।

मुलुककै दोस्रो सर्वाधिक राजस्व सङ्कलन गर्ने भन्सारका रूपमा चिनिने भैरहवा भन्सार कार्यालयले पछिल्ला महिनामा लक्ष्यअनुरूप राजस्व सङ्कलन गर्न सकेको छैन । भन्सारको राजस्वमा मुख्य योगदान नयाँ सवारीसाधन र इन्धनको छ । नयाँ सवारीसाधन जाँचपास घटेपछि त्यसको नकारात्मक असर राजस्व असुलीमा देखिएको छ । अहिले नयाँ सवारीको प्रज्ञापनपत्र जारी गर्दा दुई सय ३५ देखि तीन सय १६ प्रतिशतसम्म भन्सार महसुल बुझाउनुपर्छ । तर व्यापारीले जाँचपास नगरी गाडी भन्सारको पार्किङमा होल्ड गर्ने र माग भएपछि मात्र प्रज्ञापनपत्र जारी गर्ने गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार  १० : ११ बजे

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

मुलुकमा चाँडै नै परिवर्तन हुँदैछ : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकले परिवर्तन

विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने

काठमाडौं – अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई