‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’ « Khabarhub

‘पार्टीको आधिकारिक धारणा अघि बढाउनुपर्छ’


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी- प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले नेपाली कांग्रेसमा व्यक्तिगतभन्दा पनि पार्टीको आधिकारिक धारणालाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रजातान्त्रिक विचार समाज कास्कीका पदाधिकारीबीच आज समसामयिक राजनीतिक अवस्था, समाजको आसन्न अधिवेशनलगायत विषयमा पोखरामा आयोजित छलफल एवं अन्तर्क्रियामा उनले व्यक्ति व्यक्तिका धारणाभन्दा पनि पार्टीको आधिकारिक धारणाले सङ्गठनलाई बलियो बनाउने बताए ।

परिष्कृत बन्न सङ्गठित हुनु जरुरी रहेको बताउँदै उनले पार्टीलाई गाली गरेर बस्नुभन्दा सङ्गठित बन्दै वैचारिक बहस बढाउनुपर्नेमा जोड दिए । आगामी जेठ २ र ३ गते हुने समाजको अधिवेशनमा सबै क्षेत्र समेटेर जिल्लाबाट प्रतिनिधित्व गराउन उनले आग्रह गरे ।

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले सामाजिक, आर्थिक, राजनीतिक एवं राष्ट्रिय महत्त्वका विषयमा समाजले स्पष्ट धारणा तयार गरी लिखितरूपमा पनि पार्टीलाई दिनुपर्ने बताए ।

समाजका कास्की अध्यक्ष डा वीरबहादुर कार्कीले पछिल्ला समयमा कांग्रेसमा योगदान गर्ने ओझेलमा पर्ने गरेको बताउँदै योगदान तथा क्षमताको मूल्याङ्कन नगर्दा पार्टी सङ्गठन कमजोर बन्दै गएको बताए ।

उक्त अवसरमा समाजका केन्द्रीय सचिव डा वासुदेव भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, नेपाली कांग्रेस कास्कीका सदस्य गङ्गाधर पराजुली, समाजका उपाध्यक्ष शिशुकला पराजुली, सचिव भीम न्यौपाने, कोषाध्यक्ष ज्योतिबावु पौडेल लगायतले कांग्रेसलाई वैचारिकरूपमा प्रष्ट बनाउन समाजले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु जरुरी रहेको बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ३ : ०० बजे

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा

त्रिशूली नदीको कटानले भासिएको पृथ्वी राजमार्ग सञ्चालन

धादिङ – त्रिशूली नदीले सडक कटान गरी भासिएपछि अवरुद्ध बनेको

रियाद विमानस्थलमा घातक आक्रमणपछि हुथीविरुद्ध प्रतिकार गर्ने साउदी गठबन्धनको चेतावनी

रियाद- साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तरराष्ट्रिय विमानस्थलमा भएको

श्रममन्त्री यादवद्वारा भक्तपुरमा एभरेष्ट मल्टी स्किल प्रालिको उद्घाटन

भक्तपुर– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय तथा अन्तरराष्ट्रिय

कैलालीका किसान धानबाली भित्र्याउँदै

धनगढी– कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ