गत आर्थिक वर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात « Khabarhub

गत आर्थिक वर्षमा १० अर्ब डलरको भारतीय स्मार्टफोन निर्यात


१९ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक वर्ष २०२२/०२३ मा १० अर्ब अमेरिकी डलरभन्दा धेरैको भारतीय स्मार्टफोन निर्यात भएको तथ्याङ्कले देखाएको छ ।

यो अवधिमा एप्पलको ‘मेक इन इन्डिया’ स्मार्टफोनले कुल निर्यातको ५० प्रतिशत हिस्सा ओगटेको छ भने सामसुङले ४० प्रतिशत मोबाइल निर्यात गरेको छ । अन्य स्मार्टफोन कम्पनीहरुले निर्यातको बाँकी १० प्रतिशत हिस्सा ओगटेका छन् ।

भारत आफ्नो इलेक्ट्रोनिक्स उत्पादन क्षेत्रमा बलियो हुँदै गएको छ र विश्वव्यापी रूपमा आफ्नो छाप छोडिरहेको छ । स्मार्टफोन उत्पादनमा सरकारले निकै ध्यान दिइरहेको छ ।

भारतमा दूरसञ्चार उद्योग सरकारको प्राथमिकताको सूचीमा छ ।

अहिले भारतलाई विश्वका ठूला निर्माण कम्पनीहरूले प्राथमिकता दिइरहेका छन् । हालै सामसुङले भारतमा विश्वको सबैभन्दा ठूलो फोन उत्पादन एकाई खोलेको छ ।

एप्पल जस्ता अन्य प्रमुख वैश्विक विशाल कम्पनीहरूले पनि भारतमा महत्वपूर्ण निर्माण एकाइहरू स्थानान्तरण गरेका छन् ।

ओप्पो, भिभो, शाओमी र लाभाजस्ता विश्वव्यापी उद्योगहरूले पनि भारतमा आफ्नो आधार स्थापना गरेका छन् र कारोबार विस्तार गरेका एशियन लाइटले रिपोर्ट गरेको छ ।

आईसीईएका अध्यक्ष पङ्कज मोहिन्द्रुले भने, “मोबाइल फोन उद्योगले ४० अर्ब अमेरिकी डलरको उत्पादन पार गर्नेछ । १० अर्ब अमेरिकी डलरमा २५ प्रतिशत निर्यात एक उत्कृष्ट प्रदर्शन हो । उत्पादनसँग जोडिएको प्रोत्साहन (पीएलआई) योजनाका कारण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भारतबाट स्मार्टफोन निर्यात दोब्बर भएको छ ।

आईसीईएको तथ्याङ्कअनुसार भारतका लागि हाल संयुक्त अरब इमिरेट्स (युएई), अमेरिका, नेदरल्याण्ड्स, बेलायत र इटालीमा मोबाइल फोन निर्यात गर्ने शीर्ष पाँच गन्तव्य हुन् । सन् २०१४ मा भारतमा मोबाइल फोन र पार्टपूर्जा उत्पादन गर्ने २६० भन्दा बढी युनिट रहेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ६ : २२ बजे

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी