एसीसी प्रिमियम कप फाइनल : सोमबारको बाँकी खेल आज हुँदै « Khabarhub

एसीसी प्रिमियम कप फाइनल : सोमबारको बाँकी खेल आज हुँदै


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुँदैछ। एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिन पुगेपछि आज बाँकी खेल हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण खेल रोकिन पुगेको हो।

नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलो पटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो।

दोस्रो पटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भएपछि केही समयका लागि रोकिएको थियो तर ३:३० बजेसम्म पनि वर्षा रोकिने नदेखिएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो।

हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट झारेका थिए। सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएपछि युएई दबाबमा परेको थियो।

हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ। हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ। नेपाल टस हारेर हिजो बलिङमा गएको थियो।

मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६-९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमबारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ। त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ। वरियताको आधारमा आधारमा युएई भन्दा अगाडि रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ।

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४ औं र युएई १९ औँ स्थानमा रहेका छन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ३८ बजे

विपक्षी दलहरुको बैठक बस्दै, अध्यादेश फिर्ता लिन सरकारलाई दबाब दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा रहेका विपक्षी दलहरुको बैठक आज

सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श गर्दै

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे

लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

आज अन्तर्राष्ट्रिय ‘ज्याज’ दिवस मनाइँदै

काठमाडौँ– आज विश्वका विभिन्न देशमा अन्तर्राष्ट्रिय ज्याज दिवस मनाइँदैछ ।

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

लिस्बन– विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा