एसीसी प्रिमियम कप फाइनल : सोमबारको बाँकी खेल आज हुँदै | Khabarhub Khabarhub

एसीसी प्रिमियम कप फाइनल : सोमबारको बाँकी खेल आज हुँदै


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र संयुक्त अरब इमिरेटस (युएई) बिचको फाइनल खेल आज पुनः हुँदैछ। एसीसी प्रिमियम कप क्रिकेटको सोमबारको खेल वर्षाका कारण रोकिन पुगेपछि आज बाँकी खेल हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाइरहेको बेला वर्षाका कारण खेल रोकिन पुगेको हो।

नेपालले आक्रमक खेल खेलिरहेको बेला १६ ओभरको समाप्तिमा युएई ६० रन जोडेर ५ विकेट लिएपछि पहिलो पटक वर्षाको कारण रोकिन पुगेको खेल पुनः सुचारु गरिएको थियो।

दोस्रो पटक पुनः सुचारु गरिए पनि वर्षा सुरु भएपछि केही समयका लागि रोकिएको थियो तर ३:३० बजेसम्म पनि वर्षा रोकिने नदेखिएपछि खेल आजसम्मका लागि स्थगित हुन पुगेको हो।

हिजो भएको खेलमा नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट झारेका थिए। सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएपछि युएई दबाबमा परेको थियो।

हिजो भएको खेलमा अब नेपाल युएईलाई अलआउट गर्नुभन्दा १ विकेटमात्र बाँकी रहेको छ। हिजो स्थगित भएको स्थानबाट नेपालले आज बलिङ सुरु गर्नेछ। नेपाल टस हारेर हिजो बलिङमा गएको थियो।

मंगलबार रिर्जभ डे भएकाले बिहान ९ बजेबाट युएईले १०६-९ विकेटको अवस्थाबाट खेल सुरु गर्नेछ। मंगलबार पनि सोमबारको झै वर्षा भएको खण्डमा सुपर ओभर खेलाउने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ।

वर्षाको कारण सुपर ओभर पनि हुन नसकेको खण्डमा भने नेपालले जीत हासिल गर्नेछ। त्यसका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता हेरिनेछ। वरियताको आधारमा आधारमा युएई भन्दा अगाडि रहेकाले नेपाल स्वतः एसियाकपमा छनोट हुनेछ।

आईसीसीको एकदिवसीय वरियतामा नेपाल १४ औं र युएई १९ औँ स्थानमा रहेका छन्।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ३८ बजे

भानुभक्त भन्छन्- दुई कार्यकाल र ७० वर्षे उमेर हद ओलीका लागि हटाइएको होइन

कञ्चनपुर– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त

कार्यवाहक प्रधानमन्त्री सिंहले भने- नयाँ संसद् भवनमा विगतका कमजोरी दोहोरिन नदिई काम भइरहेको छ

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन

लेखराजको तर्क- एमालेमा ओलीको विकल्प छैन, देवत्वकरण नभएर आवश्यकता हो

धनगढी– नेकपा एमालेका सचिव लेखराज भट्टले अध्यक्ष केपी शर्मा ओली

अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने

काठमाडौं– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन,

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज– सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा