लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने | Khabarhub Khabarhub

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् ।

बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकबाट नवनियुक्त मुख्यमन्त्री चौधरीले विश्वासको मत लिन लागेका हुन ।

‘प्रदेशसभा नियमावली २०७९ को नियम १४५’ अनुसार उनले विश्वासको मत लिनेसम्बन्धी पत्र गत आइतबार प्रदेशसभामा दर्ता गराएका थिए ।

सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि प्रदेशसभा बैठक आव्हान गरेका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थनमा नेकपा एमालेका लिलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसकेर गत बिहीबार ढले पछि माओवादी केन्द्रलगायतका दलको समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक  समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ति गर्दै पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरूलाई जिम्मेवारी भने तोकिएको छैन।

विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने र नयाँ मन्त्री नियुक्त गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ६ : ५० बजे

चीन गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किँदै

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

मैले केही बिराएको छैन, म डराउँदिन : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

चीनमा रहेका स्वर्णिमले भने : पार्टी सभापतिविरुद्ध षडयन्त्र हुनसक्छ, भोलि नै नेपाल फर्किन्छौं

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा

छविलाल जोशीलाई पोखरा लगियो

काठमाडौं – सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ

रास्वपा नेताको दाबी : प्रहरीले रविलाई पक्रने भनेको छैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आफ्ना सभापति रवि लामिछानेलाई प्रहरीले