मिटर व्याज पीडित धर्ना बसेको एक महिना पुग्यो « Khabarhub

मिटर व्याज पीडित धर्ना बसेको एक महिना पुग्यो


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आएको मिटर व्याज पीडितको समूह धर्ना बसेको एक महिना पुगेको छ।

महोत्तरीबाट ११ दिन पैदल हिँडेर आएको मिटर व्याज पीडितसँग सरकारले गरेको पाँच बुँदे सहमति अपूर्ण रहेको रहेको भन्दै दुई दिनपछि गत चैत १९ गते मिटर व्याज पीडितको अर्को समूह काठमाडौं आइपुगेको थियो। त्यसको भोलिपल्टै सोमबारदेखि धर्ना थालेका उनीहरू आज ३०औँ दिनमा धर्नारत छन्।

हाल रत्नपार्कस्थित खुल्ला स्थानमा धर्ना बसेका उनीहरू दिनभर विरोध प्रदर्शन गर्दै सिंहदरबारको पश्चिमी गेट अगाडि भद्रकाली मन्दिरको चोकसम्म पुग्छन्। झरी वर्षा, चर्को घाम केही नभनी धर्ना प्रदर्शन गरेको एक महिना पुग्दासमेत सरकारले वास्ता नगरेको उनीहरूले गुनासो गरेका छन्।

पटक-पटक वार्ता भए पनि माग पुरा नभएको उनीहरूले बताएका छन्। सरकारले मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग बनाएर मात्रै न्याय नहुने भन्दै उनीहरूले तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन्।

धर्नाको २९औँ दिनमा सोमबार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मिटर व्याज पीडितलाई भेट्नका लागि रत्नपार्कस्थित शान्त वाटिकामा पुगेका थिए। त्यसक्रममा उनले मिटर व्याज पीडितहरूको माग राजनीतिक रूपमा सम्बोधन गर्न सुझाव दिएका छन्।

‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरुन्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेट पछि भट्टराईको सुझाव छ।

यसअघि १ असोज २०७९ मा पनि पीडितहरू ४७ दिनसम्म माइतीघरमा धर्ना बसेपछि सरकारले मिटर व्याज पीडितसँग पाँच बुँदे सहमति गरेको थियो ।  त्यस अगाडि पनि पीडितहरू ४७ दिने र १३ दिन धर्नामा बसेका थिए ।

 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ५३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक