मिटर व्याज पीडित धर्ना बसेको एक महिना पुग्यो « Khabarhub

मिटर व्याज पीडित धर्ना बसेको एक महिना पुग्यो


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तराईका विभिन्न जिल्लाबाट काठमाडौँ आएको मिटर व्याज पीडितको समूह धर्ना बसेको एक महिना पुगेको छ।

महोत्तरीबाट ११ दिन पैदल हिँडेर आएको मिटर व्याज पीडितसँग सरकारले गरेको पाँच बुँदे सहमति अपूर्ण रहेको रहेको भन्दै दुई दिनपछि गत चैत १९ गते मिटर व्याज पीडितको अर्को समूह काठमाडौं आइपुगेको थियो। त्यसको भोलिपल्टै सोमबारदेखि धर्ना थालेका उनीहरू आज ३०औँ दिनमा धर्नारत छन्।

हाल रत्नपार्कस्थित खुल्ला स्थानमा धर्ना बसेका उनीहरू दिनभर विरोध प्रदर्शन गर्दै सिंहदरबारको पश्चिमी गेट अगाडि भद्रकाली मन्दिरको चोकसम्म पुग्छन्। झरी वर्षा, चर्को घाम केही नभनी धर्ना प्रदर्शन गरेको एक महिना पुग्दासमेत सरकारले वास्ता नगरेको उनीहरूले गुनासो गरेका छन्।

पटक-पटक वार्ता भए पनि माग पुरा नभएको उनीहरूले बताएका छन्। सरकारले मिटरब्याजी पीडितको पक्षमा छानबिन गर्न जाँचबुझ आयोग बनाएर मात्रै न्याय नहुने भन्दै उनीहरूले तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग गरेका छन्।

धर्नाको २९औँ दिनमा सोमबार पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई मिटर व्याज पीडितलाई भेट्नका लागि रत्नपार्कस्थित शान्त वाटिकामा पुगेका थिए। त्यसक्रममा उनले मिटर व्याज पीडितहरूको माग राजनीतिक रूपमा सम्बोधन गर्न सुझाव दिएका छन्।

‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरुन्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेट पछि भट्टराईको सुझाव छ।

यसअघि १ असोज २०७९ मा पनि पीडितहरू ४७ दिनसम्म माइतीघरमा धर्ना बसेपछि सरकारले मिटर व्याज पीडितसँग पाँच बुँदे सहमति गरेको थियो ।  त्यस अगाडि पनि पीडितहरू ४७ दिने र १३ दिन धर्नामा बसेका थिए ।

 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : ५३ बजे

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति