धादिङ खण्डको सडक १२ बजेसम्म एकतर्फी खुल्ने « Khabarhub

धादिङ खण्डको सडक १२ बजेसम्म एकतर्फी खुल्ने


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको गणेश खोलाको पुल नजिकको सडक बनाउन आज दिनभर लाग्ने भएको छ।

धादिङको थाक्रे गाउँपालिका र धुनिबेसी नगरपालिका जोड्ने पुलको मुखमा जमिन भासिएपछि सोमबार अपराह्न ४ बजेदेखि सडक अवरुद्ध भएको हो।

पुल मर्मत हुन नसक्दा १८ घण्टादेखि सवारी साधन रोकिएका छन् । सडक खुलाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, सडक प्राविधिक र मजदुर हिजैदेखि निरन्तर मर्मतमा लागिरहेका छन् । सामान्य फिलिङ गरेर नचल्ने भएपछि तलैदेखि जाली बिछ्याएर मर्मत भइरहेको छ।

मध्याह्न १२ बजे भन्दा अगाडी कम्तीमा एकतर्फी भए पनि बाटो खुलाउन सकिने गरी अहिले पनि काम भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए । ‘१२ बजेसम्म कम्तीमा एकतर्फी भए पनि खुलाउने गरी पुलको मर्मत भइरहेको छ’ उनले भने ।

गल्छी–नुवाकोट काठमाडौँ र हेटौडा हुँदै बाहिरिनका लागि त्रिभुवन राजमार्ग गरी दुई वटा वैकल्पिक बाटोबाट सवारी साधनलाई काठमाडौं भित्राउने र काठमाडौँबाट अन्यत्र पठाउने कार्य भने जारी छ । पुलनजिक सडक भासिएपछि पृथ्वी राजमार्ग  अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ९ : ०० बजे

अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल