कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह  « Khabarhub

कोरोना सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह 


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक शक्तिलाई असर गरी संक्रमण हुने सम्भावना बढाउँने हुँदा सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । 

सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्ने सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।  

सुर्तीजन्य पदार्थ एक आपसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सम्भावना बढी रहने मन्त्रालयको भनाइ छ ।

कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्‍याउने हुँदा सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने सूचनामा उल्लेख गरेको छ । 

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ७ : १२ बजे

रास्वपा महाधिवेशनमा पुगे विपक्षी दलका छ नेता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनको उद्घाटन सत्रमा विपक्षी दलका

नेपालको समस्या स्रोतको र सम्भावनाको अभाव पनि होइन, गलत प्रोत्साहन संरचना हो : डा वाग्ले

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको समस्या स्रोतको अभाव र

रवि र बालेनसँगै गगनले पनि बजाए रास्वपाको घण्टी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पुगेका नेपाली कांग्रेसका सभापति

रास्वपा महाधिवेशनमा पुगेनन् श्रम संस्कृतिका नेताहरू 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा नयाँ वैकल्पिक शक्ति श्रम

पूर्वनेतृ श्रेष्ठले रास्वपालाई दिइन् पहिलो महाधिवेशनको शुभकामना

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वनेतृ एवं पूर्वमन्त्री सुमना