आगलागीबाट सात परिवारको ४४ लाख क्षति « Khabarhub

आगलागीबाट सात परिवारको ४४ लाख क्षति


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा आज आगलागी हुँदा सात परिवारको रु ४४ लाख ५० हजार बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय कलिम शेखको फुसको घरमा अचानक आगलागी हुँदा सँगै टाँसिएको गाईगोठ जली पूर्णरूपमा नष्ट भएको र उक्त आगो फैलिई निजका भाइ मर्तुन्ज शेखको नजिकै रहेको एक कोठे फुसको घर र निजका सानो भाइ इस्लाम शेखको दुई तले टिनको जस्तापाता भएको कच्ची घरमा आगो लाग्दा हुँदा घरमा रहेको सरसमान जली क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आगलागीबाट कञ्चनरुप–१ बैरवा बस्ने तीन दाजुभाइको रु ४४ लाखभन्दा बढीका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी पीडित परिवारलाई राहत

यसैबीच दलित सरोकार मञ्च नेपालले बैरवा पोटरी हटियास्थित मुस्लिम टोलमा भएको आगलागी पीडित परिवारलाई आज राहतमा खाद्यान्न र ब्लयाङ्केट वितरण गरेको छ ।

मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान, कञ्चनरुप– १ का वडाध्यक्ष रब्बान खान, कार्यपालिका सदस्यद्वय शोभा पासवान र सुरेश पंजियार, वडा सदस्य दुर्गानन्द यादव, कलिम शेख र संयुक्त दलित सङ्घर्ष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितिमा प्रतिपरिवार २५ किलो चामल, २० किलो गहुँको आटा, एक केजी दाल, एक केजी चिनी, एक लिटर तेल र चार वटा साबुन र एक÷एक थान ब्लयाङ्केट वितरण गरिएको हो ।

आगलागी पीडितको अवस्था बुझ्न प्रतिनिधिसभाका सांसद नवलकिशोर साह आगलागी भएको स्थलमा पुगेका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ४१ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका