पाथीभरामा दर्शनार्थीको भीड « Khabarhub

पाथीभरामा दर्शनार्थीको भीड


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा तीर्थयात्रीको भीड लागेको छ । आज मात्रै मन्दिरको दर्शन गर्न चार हजारभन्दा बढी भक्तजन पाथीभरामा पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार वैशाख लागेयता आज सबैभन्दा धेरै चार हजार एक सय ३१ जना भक्तजन पाथीभराको दर्शनका लागि आएका छन् ।

वैशाख १५ मा अन्धशुक्र सकिएसँगै तीर्थयात्रीको आगमन बढेको क्षेत्र विकास समितिले जनाएको छ । त्यस अघिसमेत दैनिक सयौँको सङ्ख्यामा तीर्थयात्री आइरहेका थिए । यो सिजनमा सबैभन्दा धेरै गत चैत ४ गते पाँच हजार सात सय आठ जना भक्तजन पाथीभरा पुगेका थिए । अन्धशुक्र लागेसँगै तीर्थयात्रीको आगमन घटेको थियो तर शुक्रबार यता तीर्र्थयात्रीको आगमन बढेसँगै मन्दिरमा भिडभाड हुन थालेको छ भने पाथीभरा क्षेत्र र सदरमुकाम फुङ्लिङका होटल पनि खचाखच छन् ।

पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटी, माथिल्लो फेदी, सुकेटारसहितका होटल भरिभराउ भएको यहाँका होटल व्यवसायी इन्द्रनारायण भट्टराईले बताए । पछिल्लो केही दिनयता साँझ बिहान सामान्य वर्षा भएर चिसो बढे पनि तीर्र्थयात्रीको आगमन भने बढ्दो छ । भक्तजनको घुइँचो लागेसँगै पूजाआजालाई सहज र छिटो बनाउन पाथीभरा क्षेत्रमा रहेका कर्मचारीलाई पूर्णरूपमा खटाइएको छ ।

पाथीभरा मन्दिरमा स्वदेशी तथा विदेशीसमेत गरी वार्षिक लाखौँको सङ्ख्यामा तीर्थयात्री आउने गरेका छन् । बडादसैँमा सबैभन्दा धेरै तीर्र्थयात्रीको भीड हुन्छ । त्यसपछि भने फागुनदेखि वैशाखसम्म धेरै तीर्र्थयात्री आउने गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  १० : ४५ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै