गर्मीले सिरहाको जनजीवन प्रभावित, केही विद्यालय बन्द « Khabarhub

गर्मीले सिरहाको जनजीवन प्रभावित, केही विद्यालय बन्द


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सिरहा– अत्यधिक गर्मीका कारण सिरहालगायत मधेश क्षेत्रको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि बढेको गर्मीका कारण दिउँसोको समयमा जिल्ला सदरमुकाम सिरहा, लाहान, गोलबजार, मिर्चैयासहितका बजारमा सुनसान हुने गरेको छ । यस्तै, सरकारी कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पनि न्यून रहेको छ । 

गर्मीका कारण बजारमा किनमेलका लागि मानिसहरू नआउँदा व्यापार व्यवसायमा समेत असर परेको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजय साहले बताए । 

यस्तै, अत्यधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै गर्मीका कारण जेठ १९ देखि २६ गतेसम्म नगरपालिका भित्रका सबै विद्यालयहरू बन्द गर्ने निर्णय भएको जनाएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा जारी सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि कक्षा १२ सम्मका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरू बन्द हुने उल्लेख छ।

गर्मीका कारण विद्यालयहरूमा बालबालिका बेहोस हुने, ज्वरो आउने, पेट दुख्ने लगायतका लक्षणहरूको क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो । पछिल्लो समय मध्याह्नको समयमा ४६ डिग्री सेल्सियससम्म तापक्रम पुगेको जनाइएको छ । 

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ७ : १६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल