रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते « Khabarhub

रूसको पछिल्लो आक्रमणबाट तीन जनाको मृत्यु, १० घाइते


१९ जेष्ठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

किभ – रुसले बिहीबार युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको छ। जसमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्।

गत मे महिनामा कीभमा १७ ड्रोन र मिसाइल हमला गरेको रुसी सेनाले राजधानीमा बिहानैदेखि जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र प्रहार सुरू गरेको थियो। पछिल्लो आक्रमणमा परेर अपार्टमेन्ट भवन, एउटा मेडिकल क्लिनिक, पानीको पाइपलाइन र कारहरूमा पनि क्षति पुगेको छ।

युक्रेनका जनरल स्टाफले रुसी सेनाले गरेको आक्रमणमा प्रयोग गरिएका १० वटा मिसाइललाई भने वायुसेनाले रोकेको बताए। क्षेप्यास्त्रहरूलाई छोटो दूरीको इस्कन्डर क्रुज र ब्यालिस्टिक मिसाइलको रूपमा पहिचान गरिएको थियो।

युक्रेनको वायु रक्षा प्रणाली रुसी ड्रोन र क्षेप्यास्त्रको आक्रमणलाई विफल पार्न थप प्रभावकारी साबित भइरहेको छ। तर, पनि रूसी हतियार भग्नावशेष भवनहरूमा खस्दा तीनजनाले ज्यान गुमाउनु परेको छ।

किभमा यसअघि पनि तीन जनाको ज्यान गएको थियो।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ९ : ३४ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर