विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता | Khabarhub Khabarhub

विद्यार्थीसँग जनप्रतिनिधि : दुई वर्षभित्र नगरको फोहोर आफैँ व्यवस्थापन गर्ने प्रतिबद्धता


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोकर्णेश्वरस्थित जया मल्टिपल क्याम्पसका विद्यार्थीले स्थानीय जनप्रतिनिधिसँग वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनसम्बन्धी कामबारे अन्तरक्रिया गरेका छन् । उनीहरूले मैनादेवी फाउन्डेसनले आयोजना गरेको ‘क्लिन अप प्रिमियर लिग’ को अवसरमा गोकर्णेश्वर नगरपालिकाका जनप्रतिनिधिलाई फोहोर व्यवस्थापनसम्बन्धी पालिकाको नीति तथा कार्यक्रमबारे प्रश्न गरेका थिए । 

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामा, वडा नम्बर ६ का वडाध्यक्ष नवराज लामा, वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङ, ८ नम्बर वडाका अध्यक्ष नन्दलाल श्रेष्ठ र सामाजिक अभियन्ताहरूको उपस्थिति थियो । 

कार्यक्रममा उपमेयर लामाले फोहोर व्यवस्थापनसम्बन्धी सचेतना फैलाउन विद्यार्थीसँग हातेमालो गर्ने प्रतिबद्धता जनाइन् । जनप्रतिनिधिहरूले गोकर्णेश्वरलाई स्वच्छ बनाउन विभिन्न कार्यक्रम गर्ने र आगामी दुई वर्षभित्रमा यहाँको फोहोर बन्चरेडाँडा पठाउनुनपर्ने बताए । 

कार्यक्रममा विद्यार्थीहरूले कवितावाचन तथा उनीहरूले बोतल, कार्डबोडलगायत सामग्रीबाट निर्माण गरेका कलाकृति प्रस्तुत गरेका थिए । दैनिक जीवनमा फोहोर भनेर फालिने वस्तुहरूबाट घर, फूललगायत सामग्री बनाएका थिए । उनीहरूले मैला व्यवस्थापनसम्बन्धी जनचेतनामूलक चित्रहरू पनि प्रस्तुत गरेका थिए । 

कार्यक्रममा स्थानीय सामाजिक अभियन्ताहरूलाई सम्मान पनि गरिएको थियो । यस्तै, फाउन्डेसनका सञ्चालक केपी खनालले यस्ता कार्यक्रमले जनचेतना फैलाउनुका साथै फोहोरमैलासम्बन्धी विविध कार्यक्रम गर्न ऊर्जा मिल्ने बताए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १ : ३४ बजे

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा– जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ

‘बहुमत’ले विद्यार्थीलाई कलेज पोशाकमै सडकमा उतार्‍यो (तस्बिरहरू)

काठमाडौं– नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन

युक्रेनलाई प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने ट्रम्पको घोषणा

एजेन्सी– युक्रेनमा मस्कोको युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति फेरि

झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू)

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्छ नागढुंगा

म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी– म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको