‘सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन’ « Khabarhub

‘सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन’


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि भारतमा रहेका छन् । बुधबार नयाँ दिल्ली पुगेका उनी राजनीतिक उच्चस्तरीय भेटवार्तासँगै तीर्थाटनमा व्यस्त छन् । 

बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली पत्रकारहरूसँगको  कुराकानी गरेका छन् । सो क्रममा आफूले भारतीय समकक्षी मोदीलाई सीमा विवाद थाती राखेर दुई देशबीच सम्बन्धमा ब्रेक थ्रु हुन नसक्ने बताएको जानकारी दिए । 

बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाइ दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाइ दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।’ 

आफूसँगको भेटवार्तामा पनि मोदीले सीमा विवाद समाधान गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।  ‘मैले मोदीजीलाई सीमा विवाद कायम राखेर दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन भनेँ,’ नेपाली पत्रकारसँग कुरा गर्दै मोदीसँगको भेटमा भएको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीजीले पनि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास राख्नु भएको छ । उनले सीमा विवाद हल गर्ने विषय महत्वपूर्ण भएको र यसको समाधान गर्नुपर्छ भन्नु भएको छ ।’

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  १ : ५२ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा