‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैटौँ संस्करण काठमाडौँमा हुने « Khabarhub

‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैटौँ संस्करण काठमाडौँमा हुने


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैटौँ संस्करण काठमाडौंमा आयोजना गरिने भएको छ । बिहीबार काठमाडौंको र्याडिसन होटलमा आयोजक संस्था फर्न इभेन्ट्सले आयोजना गरेको पत्रकार सम्मेलनमा यहीँ जेठ २१ गते र्याडिसन होटलमै यो अवार्ड्स समारोह आयोजना गरिने जानकारी गराइएको हाे ।

राजधानी लगायत भारतका विभिन्न मुख्य मुख्य शहरहरूमा विगत एक दशकदेखि आयोजना गरिँदै आएको यो अवार्ड्स पहिलोपटक भारत बाहिर आयोजना हुन लागेको आयोजक संस्थाका सह-संस्थापक हरिश बब्बरले जानकारी दिएका छन् । 

उनले भविष्यमा अन्य अन्तर्राष्ट्रिय मुलुकमा समेत आयोजना गर्ने योजना रहेको कुरा स्पष्ट पारेका छन् ।  कार्यक्रममा नेपालका सेलिब्रेटीहरुसंगै भारतका लोकप्रिय कलाकार तथा सेलिब्रेटीहरुले पनि सहभागिता जनाउने भएका छन् ।

अवार्ड्स समारोहमा बलिउड अभिनेत्री भाग्यश्री, अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झण्डै एक दर्जन कलाकारहरुले सहभागिता जनाउने छन् ।

समारोहमा नेपाल तथा भारतका फिल्म तथा संगीत क्षेत्रका प्रतिभाहरूकी लागि पत्रकारिता, पर्यटन, खेलकुदको क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरिने छ ।

कार्यक्रममा नेपालका सांग्रिला भोयाजले ट्राभल पार्टनरको रुपमा सहभागिता जनाउँदै छ । पत्रकार सम्मेलनमा उपस्थित सांग्रिला भोयाजका प्रबन्ध निर्देशक दीपक खनालले यो अवार्ड समारोहले नेपाल तथा भारतबीच पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्  ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  २ : १७ बजे

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई

स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी

काठमाडौं – स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन

देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल