अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य | Khabarhub Khabarhub

अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेको नरैनापुर गाउँपालिका–५ जमुनाह गाउँका अग्निपीडित खुला आकाशमुनि बस्न बाध्य भएका छन् । 

रेडक्रसले वितरण गरेको त्रिपाल पर्याप्त नभएका कारण जलेको घर नजिक खुला आकाशमुनि बस्नुपरेको नरैनापुर गाउँपालिका–५ जमुनाहकी अग्निपीडित केतीका यादवले बताइन्। ‘खुला आकाशमुनि निन्द्रा राम्रोसँग लाग्दैन, कतिबेला हावाहुरी र पानी आउने डर हुन्छ’, उनले भनिन्, ‘दिउँसोमा गर्मी हुँदा र पानी पर्दा ओत लाग्ने छाना छैन, राम्ररी निदाउन पाइएको छैन ।’

स्थानीय सरकार, विभिन्न सङ्घसंस्था र राजनीतिक दलले खाद्यान्नलगायतका राहत सामग्री वितरण गर्दै आए पनि अग्नि पीडितले घर बनाउन सहयोगको अपेक्षा गर्ने गरेका छन् । ‘अग्निले घरसँगै धनमाल, लत्ता कपडा र वर्षभरि खाने धान चामल जलेर नष्ट भयो, लगाउने कपडा र बस्ने बास नहुँदा बालबालिका, महिला र वृद्धवृद्धालाई धेरै समस्या भएको छ’, स्थानीय केशवराम यादवले भने , ‘खानेकुरा त जसोतसो व्यवस्था गरौँला, घरको छाना हाल्ने जस्ता चाहिएको छ ।’

स्थानीय लालमोहन यादवले बस्ने घर नहुँदा गर्मीयाममा धेरै समस्या हुने गरेको सुनाए । अग्निबाट पीडित कतिपयको आश्रयस्थल भए पनि अधिकांशले जलेको घरमै खाट लगाएर रात गुजार्ने गरेका छन् । गर्मीयाममा खुला आकाशमुनि सुत्नुपर्दा लामखुट्टे र सर्पदंशकाे डर हुने गरेको लालमोहनले बताए । 

गत आइतबार जेठ १४ गते नरैनापुर–५ जमुनाह गाउँमा ११ घर नष्ट हुनेगरी अग्नि भएको थियो । गर्मीयामको सुरुआतसँगै नरैनापुर क्षेत्रमा अग्निका घटना बढेका छन् । यो वर्षमात्रै नरैनापुरको वडा नं ३ गेगलीगाउँमा पाँच घर, जनतापुरमा तीन घर, वडा नं ४ को जयरामपुरमा दुई घर गरी १० घरसहित २१ घरमा अग्नि भएको नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाका सचिव सोहनलाल यादवले जानकारी दिए ।

उनका अनुसार, गाउँपालिकामा अग्निका घटना यस वर्ष ठूलो प्रकोपका रुपमा भइरहेका छन् । अग्निपीडितलाई रेडक्रसमार्फत त्रिपाल, भाँडावर्तन र कम्बल वितरण गरिएको छ भने विभिन्न सङ्घसंस्थाद्वारा खाद्यान्नलगायत राहत वितरण गरिँदै आएको छ । नरैनापुरका अधिकांश बस्तीमा एकापसमा जोडिएर खरको छानाबाट बनेका घरमा अग्निको धेरै जोखिम हुने गरेको यादवको भनाइ छ ।  

अग्निको प्रकोप न्यूनीकरण गर्न खरका छाना हटाउने अभियान सञ्चालन गरिने बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले बताए । ‘अहिले तत्काल अग्नि पीडितलाई खाद्यान्न र लत्ताकपडासहितको अत्यावश्यक राहत सामग्री वितरण गरिएको छ’, उनले भने, ‘गाउँपालिका, प्रदेश सरकारसँग समन्वय गरेर नरैनापुरलाई खरको छानामुक्त बनाएर अग्निको समस्या समाधान गरिने छ ।’

उनले गत आइतबार अग्नि भएको नरैनापुर वडा नं ५ जमुनाहका ११ घर, यसअघि अग्नि भएका अन्य वडाका घरपरिवारलाई तत्कालका लागि चामल, तेललगायतका खाद्यान्न र लत्ताकपडा वितरण गरिएको बताए ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ३ : २३ बजे

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

पोखरा– जब प्रकृति, संस्कृति र आतिथ्यता एकै ठाउँमा भेटिन्छन्, त्यहाँ

‘बहुमत’ले विद्यार्थीलाई कलेज पोशाकमै सडकमा उतार्‍यो (तस्बिरहरू)

काठमाडौं– नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन

युक्रेनलाई प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने ट्रम्पको घोषणा

एजेन्सी– युक्रेनमा मस्कोको युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति फेरि

झ्याप्ले खोलामा एकसाथ सडक विस्तार र पहिरो रोकथाम (तस्बिरहरू)

काठमाडौं- संघीय राजधानी काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्छ नागढुंगा

म्याग्दीका छवटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी– म्याग्दीका छवटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना भएको