पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा « Khabarhub

पाकिस्तानद्वारा दुई सय भारतीय माझी रिहा


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले शुक्रबार थप दुई सय भारतीय मछुवारालाई रिहा गरेको छ । शुक्रबार नै तीन जना अन्य बन्दी पनि पाकिस्तानको जेलबाट मुक्त भएका छन् ।

गत महिना पाकिस्तानले एक सय ९८ भारतीय मछुवारालाई रिहा गरेको  थियो । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले मानवताका नाताले भारतीय माझीलाई कारबासमुक्त गरिएको बताउँदै मानवीय विषयलाई पाकिस्तानले  राजनीतिक आवरण नदिने नीति अङ्गीकार गरेको जनाएका हुन् ।

पाकिस्तान इन्डिया पिपुल्स फोरम फर पिस एन्ड डेमोक्रेसीका पूर्वमहासचिव जतिन देसाईका अनुसार कराँचीको मालिर जेलबाट कैदीहरूलाई रिहा गरिएको हो । गत मे १५  मा लान्डी जेलबाट रिहा भएका एक सय ९८ भारतीय मछुवारा वाघा सीमा पार गरेर गुजरात पुगेका थिए ।

पाकिस्तानी सुरक्षा निकायहरूले समुद्रमा पक्राउ गरेका छ सय ५४ जना माझीमध्ये छ सय ३१ जनाले यस वर्षको अप्रिलसम्म जेल सजाय पूरा गरिसकेका र उनीहरूको राष्ट्रियता पनि प्रमाणित भइसकेको छ। यसअघि पाकिस्तानले आफ्नो जेलमा रहेका छ सय ५४ मध्ये चार सय ९९ लाई रिहा गर्ने निर्णय गरेको थियो ।

अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा (आईएमबीएल) लाई लिएर भारत र पाकिस्तानबीच मतभेद छ। पाकिस्तानको सामुद्रिक सुरक्षा निकायले आफ्नो क्षेत्रीय जलक्षेत्रको उल्लङ्घन गरेको आरोपमा हरेक वर्ष केही सय भारतीय मछुवाराहरूलाई पक्राउ गर्छ भने त्यसको बदलामा भारतीय निकायहरूले पनि प्रत्येक वर्ष पाकिस्तानी माझीलाई आईएमबिएल पार गरेको आरोपमा गिरफ्तार गर्दै आएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ४ : ३१ बजे

रसुवा बाढीपछि पुनरुत्थान प्याकेज अघि बढाउँदै सरकार

काठमाडौं– सरकारले रसुवा बाढीपछि विभिन्न क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्न

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि